राष्ट्रिय

सिरहामा तीन जनाको हत्या

सिरहामा १५ दिनको अबधिमा शृङ्खलाबद्ध रुपमा तीन जनाको हत्या भएको छ । एउटा घटनाको दोषीलाई प्रहरीले पक्राउ गरे पनि दुई वटा घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । अन्य दुई घटनाका दोषीहरुलाई पनि पहिचान भइसकेकाले तुरन्तै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपीले जानकारी दिए । गत असोज १९ गते सिरहा नगरपालिका वडा नंम्बर २ मा दुई छिमेकीबीच भएको बिबादमा ... Read More »

पेनाङ घटनामा नेपालीको ज्यान गएको खवर छैनः दूतावास

८ जनाको ज्यान जानेगरी आज बिहान मलेसियाको पेनाङ शहरमा भएको दुर्घटनामा नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका दृतिय सचिव प्रेमराज गौतमले भने– नेपाली कामदार बोकेको बस पनि दुर्घटनामा परेको भन्ने खवर आएको छ, तर नेपाली कामदारको ज्यान गएको पुष्टी भएको छैन् ।’ घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरी ... Read More »

१० वर्षे बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण

सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो । सन् २०१५ मा आगलागीमा परी उनको हातका औंला गुमेका थिए । अस्पतालका प्लास्टिक सर्जरी विभागका प्राध्यापक राकेश कैनका अनुसार उनको नाडी आगोका कारण फैलिएको थियो । शल्यक्रियाको क्रममा उनको एक हात नाडीबाट र अर्को औंलादेखि पाखुरासम्म ... Read More »

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा ८ को मृत्यु

मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ । मृत्यु हुनेहरुको नाम खुलाइएको छैन् । ... Read More »

ओपोले नेपालमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी

ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रीन मोडल हुनुका साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ । यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने यूवा जमातको ... Read More »

पेट्रोल छर्केर हत्या गर्न खोज्ने विरुद्ध मुद्दा दायर

पेट्रोल छर्केर साथीको हत्या गर्ने प्रयास गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । भाइटिकाको दिन मध्यराति नवलपरासीको मध्यविन्दु नगरपालिका–९ मगरटोल बस्ने ३५ वर्षीय हिराबहादुर थालालाई गाउँकै हरि सोती र समिर कुमाललले पेट्रोल छर्केर आगो लगाइदिएका थिए । उनीहरु दुवैलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको ... Read More »

रोनाल्डो बने फिफा बेष्ट प्लेयर

विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे । ३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । ... Read More »

माघ २६ मा स्वेता को ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको समय तालिकामा छायांकन सकेको हो । दयाहाङ राई र श्वेताको प्रमुख भूमिका रहेको फिल्म मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोम र राजधानी वरपर छायांकन गरिएको थियो । फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । ... Read More »

इन्टरनेट आउने भाका सरेको सर्‍यै

नेपाल टेलिकमको पछिल्लो दावीलाई मान्ने हो भने कात्तिकको दोस्रो हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । पटक–पटक भाका सार्दै आएको नेपाल टेलिकमले फेरि नयाँ भाका राखेको हो । रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागिएको छ । यसअघि झण्डै १० महिनाअघि नै चीनबाट इन्टरनेट ल्याने भनिएको थियो । टेलिकमले यसअघि पनि पटक–पटक चीनसँग इन्टरनेट जोडिने मिति सार्दै आएको ... Read More »

लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त

सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । ५८ ... Read More »