अन्तराष्ट्रिय

ग्याटलिनले जिते स्वर्ण

अमेरिकाका ग्याटलिनले वल्र्ड एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा स्वर्ण जितका छन् । ३५ वर्षीय ग्याटलिनले ९.९२ सेकेण्डमा दौड पुरा गरे । प्रतिवन्धबाट प्रभावित करियरको तितो विगतलाई बिर्साउँदै उनले आफ्ना प्रतिद्वन्द्वीलाई मात्र होइन, समर्थकहरुलाई पनि आश्चर्यमा पारे । स्वर्णको प्रवल दावेदार मानिएका बोल्ट भने तेस्रो नम्बरमा रहे । उनले ९.९५ सेकेण्डमा दौड पुरा गरे । अमेरिकाका क्रिस्टिन कोलम्यानले ९.९४ सेकेण्डमा दुरी ... Read More »

बिहारका मुख्यमन्त्री नितिशकुमारले दिए राजीनामा

विहारका मुख्यमन्त्री नितिशकुमारले पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल केशरीनाथ त्रिपाठीलाई भेटेर राजीनामा बुझाएका हुन् । भेटपछि नितिशले भने, ‘अहिलेको परिस्थितिमा मेरा लागि नेतृत्व गर्न मुस्किल रहृयो । अन्तरात्माको आवाजमा कुनै वाटो निस्किएको देखेर आफैंले नमस्कार भनेँ । आफूले आफैंलाई अलग गरेँ ।’ उनका अनुसार राज्यपालले उनको राजीनामा स्वीकृत गरेका छन् । अर्को व्यवस्था नहुँदासमम कार्यभार सम्हाल भनेका छन् ... Read More »

चीनले बनायो ह्याक गर्नै नसकिने कम्युनिकेसन नेटवर्क

चीनले यस्तो कम्युनिकेसन नेटवर्कको आविष्कार गरेको छ जसलाई कसैले पनि ह्याक गर्न सक्नेछैन । चीनले विकाश गरेको क्वान्टम कम्युनिकेसन नेटवर्क सिस्टम विश्वमा संचार प्रणालीको नयाँ कोशेढुंगा मानिएको छ । सूचनाप्रविधिको तिव्रतर विकाससँगै बढेको साइबर असुरक्षाको जगजगीका बीच चीनले बनाएको ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क पहिलोपटक जिनान सहरका सरकारी निकाय, वित्तिय संस्था तथा सैनिक गरी २ सय जनाले प्रयोग गर्नेछन् । गत ... Read More »

इयूको जरिवानाले गुगलको मुनाफामा धक्का

युरोपेली आयोगले गत महिना लगाएको कीर्तिमानी जरिवानाले गुगलको मातृ कम्पनी अल्फाबेटको मुनाफामा गम्भीर असर पारेको छ । यस आर्थिक वर्षको दोश्रो त्रैमासिकमा अल्फाबेटले २६ अर्ब डलर आम्दानी गर्न सफल भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा २१ प्रतिशतले बढी हो । तर उक्त त्रैमासिकमा कम्पनीले केवल साढे ३ अर्ब डलर मात्र मुनाफा कमाउन सक्यो । यदि इयूलाई जरिवाना तिर्नु ... Read More »

भारतलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला क्रिकेट विश्वकप

भारतमाथि ९ रनको रोमाञ्चक जित हात पार्दै इंग्ल्याण्डले महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २२९ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४८.४ ओभरमा २१९ रनमा समेटियो । एक समय भारत जित नजिक देखिएको थियो । ४३ औं ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो । तर, थप २० रन जोड्दा अलआउट भयो । भारतकी पुनम राउतले ... Read More »

ह्वाइट हाउसका प्रेस सचिवद्वारा राजीनामा, ट्रम्पसँग असन्तुष्ट

अमेरिकी राष्ट्रपति कार्यालयः ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट हाउसको सञ्चार निर्देशक पदमा राष्ट्रपति ट्रम्पले न्युयोर्कका एकजना धनाढ्य तथा लगानीकर्ता एन्थोनी स्कारामुस्सिलाई अकस्मात् नयाँ नियुक्ति दिएपछि यसमा चरम असन्तुष्टि प्रकट गर्दै स्पाइसरले राजीनामा दिएका हुन् । स्कारामुस्सिको नवनियुक्ति पश्चात् स्पाइसरले राष्ट्रपति ट्रम्पको कदमप्रति ... Read More »

नेयमारका लागि पीएसजीले २६ अर्ब २६ करोड तिर्ने

पछिल्ला खबरहरुलाई मान्ने हो भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन नेयमारका लागि १९६ मिलियन पाउण्ड तिर्न तयार भएको छ । यो २६ अर्ब २६ करोड रुपैयाँ हो । एउटा खेलाडीका लागि एक सय र ९६ मिलियन पाउण्ड ? यो रकम म्यानचेष्टर युनाइडेलले पल पोग्बालाई भित्र्याउँदा खर्चिएको विश्वको कीर्तिमानी मूल्य ८९ मिलियन पाउण्डको दोब्बर हो । रियल मड्रिडले रोनाल्डोलाई भित्र्याउँदा खर्चिए ... Read More »

छायांकनका क्रममा कंगना घाइते, निधारमा १५ टाँका लगाइयो

बलिउडकी सफल नायिका कंगना रनावत एक चलचित्रको छायांकनका क्रममा घाइते भएकी छिन् । चलचित्र ‘मणिकर्णिका (द क्विन अफ झाँसी’को छायांकनका क्रममा कंगना घाइते भएकी हुन् । चलचित्रको छायांकन हैदरावादमा भैरहेको थियो । चलचित्रमा तरबारबाजीको दृश्य छायांकन भैरहेको थियो । सो, समयमा कंगनाको निधारमा तरबार लाग्यो र उनी घाइते भइन् । कंगनालाई तत्काल अपोलो अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइसीयूमा ... Read More »

ब्राजिलियन नेतृको बिहेमा अण्डा आक्रमण

ब्राजिलकी एक महिला नेतृले बामपन्थी प्रदर्शनकारीमाथि आफ्नो विवाहमा अवरोधको प्रयास गरेको आरोप लगाएकी छन् । २५ वर्षीया मारिया भिक्टोरिया ब्राजिलको पाराना प्रान्तकी राज्य सभा सदस्य हुन् र उनका पिता ब्राजिली राष्ट्रपति माइकल टेमेरको सरकारमा स्वास्थ्यमन्त्री छन् । मारियाको यो दावी छ कि राष्ट्रपतिलाई उनको परिवारले गरेको समर्थनका कारण बामपन्थी प्रदर्शनकारीले उनको विवाहका क्रममा अवरोधको प्रयार गरेको थियो । मारियाको विवाह ... Read More »

दक्षिण कोरियाको न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने

दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण भएको छ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो । यो गत वर्षको भन्दा १६.४ प्रतिशत बढी हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरु समेत लाभान्वित हुनेछन् । २०१७ मा कोरियामा कामदारको न्यूयतम तलब प्रतिघन्टा ... Read More »