प्रेरक कथा

तीन वटा रुख

कुनैबेला एउटा सहर नजिकैको जङ्गलमा तीनवटा रुख थियो । ती तीनवटै रुखहरु सुख, दुःख र आफ्नो सपनाहरू एक अर्का सँग साझा गर्ने गर्थे । एक दिन पहिलो रुखले भन्यो, ‘म खजाना राख्ने ठुलो बाकस बनिन चाहन्छु । म भित्र हिरा, मोती, सुनचादीका गरगहनाहरु राखिनेछ, मेरो काठमा सुन्दर बुुट्टाहरु काटिनेछ । सारा संसारले मेरो सुन्दरता निहार्नेछन् ।’ दोस्रो रुखले भन्यो, ‘म ... Read More »

छनोट

प्रसिद्ध साहित्यकार तथा वक्ता जोन रस्किनको कार्यक्रमको आयोजना गरिएको थियो । उनले बोल्नुपर्ने विषय दिन र समय निर्धारित भई सकेको थियो । निश्चित दिनमा उनको कार्यक्रममा सहभागी हुन भीड जमा भएको थियो । तर रस्किनले सुचना पठाए कि कार्यक्रम आज होइन भोली हुनेछ । दोस्रो दिन फेरि मानिसहरु भेला भए । तर अघिल्लो दिनको तुलनामा भिड कम थियो । रस्किनले ... Read More »

धोका

एक पटक एक जना केटा र केटी सँगै खेलीरहेका थिए । केटा सँग रंगीचंगी गुच्चाहरुको थुप्रो थियो भने केटीले आफू सँग बट्टामा केही मिठाई बोकेर ल्याएकी थिई । मान्छेलाई अरूको कुरामा बढी आकर्षण हुन्छ, त्यस्तै केटालाई मिठाईले लोभ्यायो भने केटीलाई रंगीचंगी गुच्चाले । त्यतिकैमा केटाले भन्यो, ‘यदि तिमीले त्यो बट्टाको सबै मिठाई मलाई दियौ भने म तिमीलाई मेरो सबै गुच्चाहरु ... Read More »

विश्वास

टेस आठ वर्षकी सानी केटी थिई । एक दिन उसले आफ्नो आमाबुबालाई भाइ जोनको बारेमा कुरा गर्दै गरेको सुनी । उसले यती मात्रै बुझी कि उसको भाइ निकै बिरामी छ र उसको आमाबुबा सँग सबै पैसा सकिइ सकेको छ । आउँदो महिना उनीहरू यो घर बेचेर भाडाको घरमा जानेछन् किनकि भाइको ठुलो अप्रेशन गर्नु पर्नेछ र त्यसका लागि यो घर ... Read More »

रोटी चोर

एउटा अमेरिकी बस्तीमा एउटा वृद्ध व्यक्तिलाई रोटी चोरेको आरोपमा पक्राउ गरी अदालतमा पेश गरियो । त्यस गरिब वृद्धले न्यायाधिशका सामु आफूले रोटी चोरेको स्वीकार गर्दै भन्यो, ‘म निकै भोकाएको थिए, यदि मैले त्यसो नगरेको भए म मर्ने थिए ।’ न्यायाधिशले भने, ‘यदि तिमी चोरेको स्वीकार गर्छौ भने म तिमीलाई दश डलर जरिवाना तिर्ने सजाय दिदैछु । मलाई थाहा छ कि ... Read More »

एउटा निष्कर्ष

रामप्रसाद विहानको मर्निङ वाकपछि फ्रेस भएर घरको कौशीमा आएर बसेका मात्र थिए, उनका जेठी बुहारी शुषमाले चिया ल्याएर राखिदिइन् । उनी धर्मपत्नी शान्ति पनि पूजापाठ सकाएर आइपुगिन् र यताउताका गफ गर्न थालिन् । रामप्रसाद उनको छिमेकमा घटेको एउटा घटनाले गर्दा विचारमग्न थिए । उनी टोलिएको देखेर शान्तिले ‘सन्चो छैन कि के हो ?’ भनेर सोधिन् । उनले सन्चै छ भनेर ... Read More »

सकारात्मक सोच

एकपटक एउटा राज्यका राजाको एउटा खुट्टा र एउटा आँखा थिएन तर पनि उ निकै बुद्धिमान र प्रतापी राजा थियो । उसका राज्यका जनताहरु सम्पन्न र सुखी थिए । एक पटक राजालाई आफ्नो तस्बीर बनाउन मन लाग्यो । त्यसपछि उनले देश विदेशबाट प्रसिद्ध चित्रकारहरु बोलाए । राजाले ती सबै सँग आफ्नो एउटा सुन्दर तस्बीर बनाउन अनुरोध गरे, जुन राजमहलको मुख्य कोठामा ... Read More »

वस्तुको उपयोग

भगवान् बुद्धका एक अनुयायीले भने ‘प्रभु ! मेरो हजुर सँग एउटा निवेदन छ ।’ बुद्ध ः भन के समस्या छ ? अनुयायी ः मेरो लुगा पुरानो भइसकेको छ । अब यो लाउन योग्य छैन कृपया मलाई नयाँ लुगा दिने कष्ट गर्नुहोस् । बुद्धले अनुयायीको लुगा हेरे । साँच्चै नै त्यो निकै पुरानो भइसकेको थियो र लगाउन योग्य थिएन । त्यसैले ... Read More »

किसानको रहस्य

एक जना किसान निकै उत्कृष्ट गुणस्तरको मकै फलाउथे। हरेक वर्ष उनले फलाएको मकैले कृषि मेलामा पुरस्कार पाउने गथ्र्यो । एक पटक एक जना पत्रकार उनको सफलताको रहस्य थाहा पाउन उनको गाउँ गयो । त्यहाँ पत्रकारले अरु मानिसहरुबाट थाहा पाए कि किसानले उत्कृष्ट मकै फलाउने मात्र होइन, वरिपरिका किसानलाई उन्नत बीउ बाड्ने पनि गर्छन् । त्यो सुनेर पत्रकार झन् छक्क परे ... Read More »

स्वस्थ प्रतिस्पर्धा

डेविड नाम गरेको एउटा निकै धनी व्यक्ति थियो । उसले थुप्रै फ्याक्ट्रीहरु राम्रो सँग सञ्चालन गरिरहेको थियो । एकपटक उसले देख्यो कि उसको एउटा फ्याक्ट्रीको उत्पादन दिन दिनै कम हुँदै गइरहेको थियो । डेविड त्यस फ्याक्ट्रीमा गयो र त्यहाँको म्यानेजर सँग फ्याक्ट्रीको उत्पादन कम हुँदै गइरहेको कारण सोध्यो, ‘तपाई जस्तो राम्रो म्यानेजर हुँदा हुँदै पनि यस फ्याक्ट्रीको उत्पादन कम हुनु ... Read More »