अार्थीक

नेपाल टेलिकमले ५१ प्रतिशत नगद लाभांश दिने

नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ५१ प्रतिशतको दरले नगद लाभांश दिने भएको छ । कम्पनीको नवौ साधरणसभाले मुनाफा मध्येबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश वितरण सुरु भएको कम्पनीले जनाएको छ । आर्थिक बर्ष ०७२ ७३ मा १३ दशमलब ६८ अर्ब खुद नाफा कमाएको नेपाल टेलिकमको सरकारी कोषमा मात्रै राजश्व योगदान ५२ दशमलब २७ प्रतिशत ... Read More »

अब सवारी साधनमा ऋण प्रवाह गर्दा ५० प्रतिशत मात्र लगानी गर्न सक्ने

बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा मनोमानी ऋण लगानी गर्न थालेपछि नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्न आयोजित कार्यक्रममा केन्द्रीय बैंक उक्त नयाँ नियम ल्याएको जानकारी गराएको हो । निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा मात्रै उक्त ... Read More »

पाँच सय र दुई हजार भारु प्रतिबन्ध हटाउन राष्ट्र बैंकलाई दबाव

दरका भारतीय रुपैयाँ (भारु) नोट कारोबारमा लगाइएको प्रतिबन्ध हटाउन नेपाल राष्ट्र बैंकमाथि तीव्र दबाब परेको छ । ‘केही ठूला व्यापारीले हालै भारतमा प्रचलनमा ल्याइएका पाँच सय र दुई हजार दरका भारु नोट नेपालमा पनि कारोबार फुकुवा गर्न दबाब दिइरहेका छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । यस्तो दबाब कर्मचारी प्रशासनमार्फत भन्दा राजनीतिक नेतृत्वमार्फत बढी आइरहेको उनले बताए । ‘प्रधानमन्त्री ... Read More »

सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै

बजारमा देखिएको नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने भएको छ । सिल्क एयरबाट अमेरिकी डलर नेपाल भित्रिने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । राष्ट्र बैंकले सिंगापुरस्थित सीआइएम बैंकमा आफ्नै खातामा रहेको अमेरिकी डलर ल्याउन लागेको हो । सिंगापुरको सीआइएम बैंकसँग गत असोज ६ गते कात्तिक ३० गतेसम्म १ करोड डलर नेपाल ... Read More »

समयमा बचत गरी भविष्य निर्माण गर्नुहोस्

हामीले आय आर्जन गरेपछि त्यो आप्mनो आवश्यकतामा खर्चित गर्छौ । पैसा भन्ने कुरा हातको मैलो हो । पैसाले नै मानिसको हरचिज पूरा भएको छ । पैसा सीमित र आवश्यकता असीमित भयो भने हाम्रो दैनिक आवश्यकतामा पनि केही असर पर्छ । त्यसैले उपाय लगाएर योजनाबद्ध तरिकाले दैनिक हिसाब किताब राखेर सानोतिनो कुरामा ध्यान दिन सक्यो भने जीवनमा परिवर्तन आउनुको साथै केही ... Read More »

सुनको मूल्य तीन वर्षयताकै उच्च विन्दुतर्फ

सुनको मूल्य तीन वर्षयताकै उच्च विन्दुतर्फ अघि बढेको छ । सुन आज एकै पटक ५ सय रुपैयाँले बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल बर्ष सिजनको मध्यमा सुनको मूल्य ६० हजार रुपैयाँ माथि थियो । फेरि सुनको मूल्य बढ्ने क्रममा देखिएपछि सुनबजारमा विक्री नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बेलायत ... Read More »

१४ वर्षपछि आयल निगम ऋण मुक्त

नेपाल आयल निगम १४ वर्षपछि ऋण मुक्त भएको छ । सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन । स्वचालित मूल्यसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगम नाफामा गई ऋण तिर्न सफल भएको हो । अहिले पनि निगमको मासिक नाफा ७० करोड रुपैयाँ छ । राजनीतिक हस्तक्षेपमा परेको निगमले अन्तर्राष्ट्रिय बजारअनुसार ... Read More »

भेडेटारमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ सेवा

सेञ्चुरी कमर्सियल बैंक धनकुटाको भेडेटारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले यसअघि भोजपुर, कैलाली, कंचनपुर, मोरंङ, खोटाङ्ग, रौतहटबाट शाखारहित बैकिङ्ग सेवा पनि प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७२÷७३ को चैत्र मसान्तसम्म बैंकले २६ अर्ब १ करोड निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले २३.२४ करोड खुद नाफा ... Read More »

सेयर बजार १८ अंकले वृद्धि

सेयर बजार आज १८ अंकले वृद्धि भई एक हजार ६८४ विन्दुमा पुगेको छ । बजार खुल्ने बित्तिकै चम्किएको नेप्से २२ अंकले वृद्धि भई एक हजार ६८८ विन्दुमा पुगेको थियो । तर बजार बन्द हुनु अगाडि नेप्से पुुनः घटेर एक हजार ६८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । आज कुल कारोबार रकम भने घटेको छ । स्टकका अनुसार ... Read More »

विदेशबाट ५० ग्राम सुनका गहना मात्रै ल्याउन पाइने, काँचो सुन बोक्न प्रतिवन्ध

विदेशबाट आउने नेपालीले अब सुन र चाँदीका तयारी गहनामात्रै ल्याउन पाउने भएका छन् । साउन १ गतेदेखि झिटीगुण्टामार्फत अब ५० ग्रामसम्म सुनका गहना मात्र ल्याउन पाउने नयाँ नियम लागू गरिएको हो । यति सुनका गहना ल्याउँदा कुनै भन्सार शुल्क लाग्ने छैन । ५० ग्राम भन्दा बढी तयारी गहना ल्याएपनि अब विमानस्थलमा भन्सारले जफत गर्नेछ । सरकारले झिटी गुण्टा आदेशमा संशोधन ... Read More »