अाश्चर्य/रोचक

वैज्ञानिकले बनाए ब्याट्रीविनाको मोबाइल, अब चार्जिङको झण्झट नहुने

डिजिटल दुनियामा तपाईंको फोन नै सबै कुरा हो । खान, बस्न, घुमफिर गर्न, किनमेल गर्न तथा पढाइ, लेखाइ जस्ता काममा समेत मोबाइल फोन अनिवार्य बनिसकेको छ । मोबाइल फोनको प्रयोग यति बढेको छ कि फोनको ब्याट्री क्षणभरलाई समेत नटिक्ने अवस्था हुँदा साथमा पावर बैंक नबोकी नहुनेवाला छ । स्मार्टफोन प्रयोगकर्ताको यो झन्झटलाई ध्यानमा राख्दै वैज्ञानिकहरुले यस्तो मोबाइल फोन बनाएका छन् ... Read More »

कछुवाको पेटबाट निकालियो ९ सय १५ सिक्का

थाइल्याण्डको समुद्री किनारामा एउटा कछुवा भेटियो । कछुवाको अवस्था निकै गम्भीर थियो । उसलाई तत्कालै उपचारका लागि पशु चिकित्सककहाँ लगियो । पशु अस्पतालमा उसको सिटी स्क्यान गरियो । सिटी स्क्यानका क्रममा उसको पेटमा जे फेला पर्यो त्यो देख्दा डाक्टरहरु पनि अचम्ममा परे । वास्तवमा उक्त कछुवाको पेटमा ठूलो मात्रामा सिक्का भरिएको पाइयो । पछि शल्यक्रिया गरेर पेटबाट सिक्का निकाल्दा सिक्काको ... Read More »

चितवनका विद्यार्थीले बनाए रोवोट, विपतमा परेकालाई उद्धार गर्नसक्ने दावी

चितवनको भरतपुरस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीहरुले यन्त्र मानव (रोवोट) बनाएका छन् । यसले प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्दार गर्नसक्ने दावी गरिएको छ । पोलिटेक्निक इन्स्टिच्यूटको इलेक्ट्रिकल ओभरसियर छैटौं सेमेस्टरमा अध्ययनरत ११ विद्यार्थीहरु मिलेर बनाएको रोवोटको नाम ‘बाडप्रकाश’ राखिएको छ । यस रोवोटले प्राकृतिक प्रकोपमा जमिन तथा मानव निर्मित संरचनाभित्र फसेका कामदार तथा मानिसहरुलाई उद्दार गर्न सक्ने प्रोजेक्ट लिडर अभिषेक ... Read More »

२५ हजार फिटबाट बिना प्यारासुट जम्प गरेर किर्तिमान

अमेरिकी नागरिक ल्युक आइकिन्सले २५ हजार फिटको उचाइबाट बिना प्यारासुट जम्प गर्दै जालीमा सुरक्षित ल्यान्ड गर्ने किर्तिमान कायम गरेका छन् । हालसम्ममा १८ हजारपटक स्काइ डाइभिङ गरी सकेका आइकिन्सले २५ हजार फिटमाथीबाट जम्प गर्दै १०० फिट चौडा र १०० फिट लम्बाई भएको जालीमा दक्षीण क्यालिफोर्नियाको सिमी भ्यालीमा अवतरण गरेका थिए । ४२ वर्षीय आइकिन्स अमेरिकी प्यासुट एसोसियसनका सुरक्षा तथा तालिम ... Read More »

महिलाले एकैचोटि जन्माइन् ५ जना छोरी

भारतमा एक महिलाले एकै पटकमा ५ बच्चा जन्माएकी छिन् । भारतको छत्तिसगढ राज्यस्थित सरगुजा जिल्ला अस्पतालमा २३ वर्षकी मनिका राजवाडे नामकी महिलाले ५ जना छोरी जन्माएकी हुन् । महिला र उनले जन्माएका पाँचै जना शिशु स्वस्थ रहेको बताइएको छ । तर ती बच्चा समय भन्दा पहिले जन्मिएका हुनाले उनीहरुको तौल भने कम रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् । मनिकाले गर्भ ... Read More »

लाइकको विकल्पमा फेसबुकले ल्यायो पाँच नयाँ संकेत, दुःख व्यक्त गर्न पाइने

कहिलेकाहीँ फेसबुक मित्रको दुःखको खवर सेयर हुँदा कसरी दुःख ब्यक्त गर्ने भन्ने चिन्ताले तपाइँ पक्कै पनि चिन्तित हुनुहुन्थ्यो होला । साथीको दुःखमा साहनुभूति दिन पाए हुन्थ्यो भन्ने तपाइँको इच्छा अब फेसबुकले पुरा गरिदिएको छ । फेसबुकले लाइकको विस्तारका रुपमा हालै पाँच नयाँ इमोसनहरु सुरु गरेको छ जहाँ तपाइँले आफ्नो साथीको दुःखमा स्याड चिन्ह प्रयोग गरेर साहनुभूति दिन सक्नुहुन्छ । Share ... Read More »

चीनमा बोतलको हावा बेचिँदै

चीन पछिल्लो समय प्रदुषणको मारमा परेको छ र प्रदुषणकै कारण बेइजिंगमा त आपतकालिन अवस्था नै आएको छ । चीनको यो अप्ठेरोका कारण क्यानडाको एक कम्पनीलाई भने मालामाल भएको छ । एक क्यानेडाली कम्पनीले चीनमा स्वच्छ पहाडी हावा भरिएका बोतल बेचिरहेको छ । र, एउटा बोतलको मूल्य पर्छ झण्डै २८ सय रुपैयाँ । चीनमा बढिरहेको प्रदुषणका कारण आफु चिन्तित रहेको भन्दै ... Read More »

अनौठो गाउँः जहाँका मानिस बोल्दैनन्, इशाराले कुरा गर्छन्

इण्डोनेसियामा एउटा यस्तो गाउँ छ जहाँका हरेक व्यक्ति केवल इशाराले कुरा गर्छन् । पछिल्लो सात पिँढीदेखि बेँगकला नामको उक्त गाउँका मानिसहरु एक आपसमा बोलेकै छैनन् । उनीहरु मुखले हैन हातको इशाराले कुरा गर्छन् । गाउँमा झण्डै ३ हजार मानिस बस्दछन् । गाउँलेहरु मात्र हैन यहाँ रहेका विभिन्न कार्यालयहरुमा पनि मुखले कुराकानी हुँदैन, इशारामै कामकुरा हुन्छ । यो दुर्गम गाउँमा बाहिरी ... Read More »

अनौठो बालक, जसलाई हरेक दिन सर्पले डस्दछ

तस्वीरमा तपाइँले जुन बालक देखिरहनुभएको छ, त्यो कुनै चानचुने सामान्य बालक होइन । यो यस्तो अद्भुत बालक हो, जसलाई दिनहुँ सर्पले डस्दछ । सुन्दैमा आङ नै जिरिंग भयो होला । तर मान्नुस् नमान्नुस् भन्ने तथा देख्नेहरुको दाबी यहीँ छ की यो बालकलाई दिनहुँ सर्पले डस्ने गर्दछ । भारतको मध्यप्रदेशस्थित एक गाउँको घटना हो यो । १२ वर्षको यो बालकको नाम ... Read More »