खेलकुद

नेपाल र बङ्गलादेश भिड्दै

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा हुने खेल आफ्नो पक्षमा पार्ने रणनीति बुन्न दुवै टिम लागेका छन् । यु–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा ... Read More »

नेपालले पहिलोपल्ट खेल्ने

नेपाली टिम औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा ‘एएफसी फुटसल च्याम्पियनसिप २०१८ छनोट’ मार्फत् प्रवेश गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिताको छनोटमा नेपाली टिम दक्षिण तथा मध्यक्षेत्रको समूह ‘ए’ मा परेको छ । क्वालालम्पुरमा बिहीबार भएको ‘ड्र’ मा नेपालले उज्वेकिस्तान, कीर्गिस्तान र तुर्कमेनिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । यस क्षेत्रको अर्को समूहमा डिफेन्डिङ च्याम्पियन इरान, ... Read More »

कतारमा सान्चेज

स्पेनिस फेलिक्स सान्चेजले कतारको प्रशिक्षकमा उरुग्वेका जोर्गे फोसातीको स्थान लिएका छन् । उनी कतारको प्रशिक्षक हुने एक वर्षभन्दा कम समययता तेस्रो व्यक्ति हुन् । कतार फुटबल संघले सान्चेजलाई मुख्य प्रशिक्षकको रूपमा औपचारिक नियुक्ति गरिएको ट्वीट गरेको छ । उनले विश्वकप २०१८ छनोटमा बाँकी रहेका सिरिया र चीनसँगको खेलमा कतारी टिम सम्हाल्ने छन् । उनी अहिले पनि कतारको यू–२३ टिमका मुख्य ... Read More »

एथलेटिक्स खेलाडी उडिसातर्फ

पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टिम २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन (भारत) प्रस्थान गरेको छ । उडिसास्थित भुवनेश्वरमा जुलाई ७ देखि ९ सम्म हुने च्याम्पियनसिपमा गोपीचन्द्र पार्कीले ५ हजार र १० हजार मिटर, सोमबहादुर कुमालले ४ सय र ८ समय मिटरमा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी सरस्वती भट्टराई ८ सय र १५ सय मिटर दौड, केशरी ... Read More »

फाइनलमा जर्मनी चिलीसँग भिड्दै

कनफेडेरेसनकपको फाइनल विश्वकप विजेता जर्मनी र कोपा अमेरिका च्याम्पियन चिलीबीच हुने भएको छ । प्रतियोगिताको बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले हरायो । लियोन गोरत्ज्काले सुरुआती आठ मिनेटमा दुई गोल गरेपछि जर्मनीले सोचीमा भएको खेलमा सहज जित निकालेको हो । जर्मनीका लागि टिमो वेरनर र आमिन योनेसले पनि गोल गरे । मेक्सिकोको तर्फबाट मार्को फाबिनले एक गोल ... Read More »

जर्मन मिडियाको दाबीः विश्वकप कतारमा गर्ने निर्णय गर्दा भ्रष्टाचार भयो

सन् २०२२ मा विश्वकप फुटबलको आयोजना कतार गर्न ठूलो भ्रष्टाचार भएको जर्मन मिडियाले दाबी गरेको छ । जर्मनीको बिल्ड समाचारपत्रको दाबी छ कि उसले फिफाका स्वतन्त्र न्यायिक जाँचकर्ता माइकल गार्सियाले २०१४ मा तयार पारेको प्रतिवेदन फेला पारेको छ । बिल्डले पाएको प्रतिवेदनमा फिफाका एक अधिकारीकी १० वर्षीया छोरीको खातामा २ मिलियन डलर ट्रान्सफर गरिएको विवरणसमेत सामेल छ । विश्वकपका लागि ... Read More »

बोरिस बेकर बैंकक्रप्ट घोषित

तीन पटकका विम्बल्डन टेनिस विजेता बोरिस बेकरलाई लण्डनको एक अदालतले बैंकक्रप्ट घोषित गरेको छ । ४९ वर्षीय जर्मन खेलाडी बोरिसले निजी बैंकको एक र्फमलाई ठूलो रकम बुझाउनु पर्ने थियो र अदालतले उनले रकम तिर्न सक्ने पर्याप्त प्रमाण नभएको बताएको छ । सुनुवाई लण्डनमा भएको थियो । तर, बोरिस त्यहाँ थिएनन् । उनी अहिले कोच छन् र बीबीसी तथा अन्य मिडियामा ... Read More »

थ्री स्टारलाई डेढ करोड क्षतिपूर्ति

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी कप २०१७ प्लेअफ खेल्नबाट वञ्चित गरिएकामा थ्रीस्टार क्लबलाई १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । ‘विवाद अन्त्य गर्दै फुटबलमा फर्किनेमा सम्झौता भएको छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टको रोहबरमा एन्फासँग सम्झौता भएपछि थ्रीस्टारका महासचिव सन्जिव शिल्पकारले भने, ‘क्षतिपूर्तिस्वरुप क्लबलाई १ करोड ५० लाख रुपैयाँ दिन एन्फा ... Read More »

आर्मीको साथमा बजाज

लिग फुटबलको अन्यौलताबीच बजाज पल्सर मोटरसाइकलले त्रिभुवन आर्मी क्लबलाई ३ वर्षका लागि प्रायोजन गर्ने भएको छ । हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाजले बर्सेनि २५ लाखका दरले आर्मीको पुरुष र महिला फुटबल टोलीलाई खेलकुद सामग्री उपलब्ध गराउने छ । बजाजका उपमहाप्रबन्धक योगेन गुरुङ र सेनाका उपरथी देवकुमार सुवेदीले प्रायोजन सम्झौतापत्र आदानप्रदान गरे । सम्झौताअनुसार आर्मी क्लबको महिला र पुरुष फुटबल ... Read More »

रोनाल्डोले स्पेन छाड्दैछन् ? मड्रिडका अध्यक्ष भन्छन्– कन्फेडेरेसन कपपछि सल्लाह गर्छु

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्ना सुपरस्टार क्रिष्टियानो रोनाल्डोसँग मड्रिडमा उनको भविश्यबारे अहिलेसम्म छलफल नगरेको बताएका छन् । तर, कन्फेडेरेसन कपपछि उनले रोनाल्डोसँग कुरा गर्नेछन् । स्पेनिस अदालतमा कर छलीको आरोप लागेपछि रोनाल्डोले स्पेन नै छाड्ने तयारी गरेको खबरहरु आइरहेको छ । कन्फेडेरेसन कपका लागि अहिले रसियामा रहेका पोर्चुगिज स्ट्राइकरले गत नोभेम्बरमा रियलसँग पाँच वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए ... Read More »