आफ्नो कमजोरीलाई शक्तिमा बदल्नुहोस्

आफ्नो कमजोरीलाई शक्तिमा बदल्नुहोस्

एउटा दुर्घटनामा आफ्नो देब्रे हात गुमाएर पनि एउटा १० वर्षे केटा ‘एली’ ले जुडो सिक्ने निर्णय ग¥यो । उ एक जना जापानी जुडो मास्टर सँग टे«निङ्ग लिन गयो । टे«निङ्ग राम्रै सँग भई रहेको थियो तर टे«निङ्ग गर्न थालेको ३ महिना पछि पनि उसलाई एउटै मुव्स मात्र सिकाई रहेकोमा उसलाई चित्त बुझेको थिएन । उ अव नयाँ कुरा सिक्न चाहन्थ्यो । एक दिन उसले मास्टर सँग सोध्यो, ‘सर, के तपाईँ मलाई जुडो र मुव्स सिकाउनु हुन्न ?’ मास्टरले भने, ‘यही त्यो मुव्स हो, जुन तिमी जान्दछौ र यही नै तिमीले जान्नु जरुरी छ ।’ एलीले राम्रो सँग कुरा बुझेन तर मास्टरको कुरा मानेर उसले प्रशिक्षण जारी राख्यो । केही महिना पछि मास्टरले उसलाई एउटा प्रतिस्पर्धामा लिएर गए । एली छक्क प¥यो किनकि उसले दुईवटा म्याच सजिलै जित्यो ।
तेस्रो म्याचमा केही गा¥हो भयो तर केही समय पछि विपक्षी केटोले आफ्नो धैर्यता गुमायो र गलत मुव्स प्रयोग ग¥यो । उसको यही गल्तीले गर्दा एलीले उक्त म्याच जित्यो । एली अब फाइनलमा पुग्यो । अन्तिम म्याचमा विपक्षी केटा एली भन्दा अनुभवी र बलियो थियो । रेफ्रीले केटाले एलीलाई हानी पु¥याउन सक्छ भन्ने सोची टाइम आउटको घोषणा गरे । उसले म्याच सकिएको घोषणा गर्न आट्दा मास्टरले रेफ्री लाई म्याच जारी राख्ने आदेश दिए । म्याच पुनः सुरु भयो । त्यसैबेला विपक्षी केटोले एउटा गल्ती ग¥यो । उसले आफ्नो गार्ड हटायो । त्यसै बेला एलीले आफ्नो मुव्स प्रयोग ग¥यो र म्याच जित्यो अनि उ च्याम्पीयन बन्यो । घर फर्किने क्रममा एलीले साहस गर्दै मास्टरलाई सोध्यो, ‘सर मैले एउटा मुव्सको भरमा यो टुर्नामेन्ट कसरी जिते ?’ मास्टरले भने, ‘यसको दुईवटा कारण छ, एउटा तिमीले सबैभन्दा अप्ठ्यारो मुव्स राम्रो सँग जानेका छौ, दोस्रो यस मुव्समा बच्नका लागि विपक्षी केटाले तिम्रो देब्रे पाखुरामा समाउनु पथ्र्यो, जुन छैन ।’ मास्टरको कुरा सुनेर एली छक्क प¥यो किनकि उसको सबै भन्दा ठुलो कमजोरी नै उसको सबै भन्दा ठुलो ताकत बनेको थियो ।
प्रायः मान्छेले आफ्नो कमजोरीका कारण कुनै काम गर्न हिच्कीचाउने गर्छन् कि म यो काम गर्न सक्दिन । उनीहरू सधैँ सोच्ने गर्छन् कि म सँग यस्तो भई दिएको भए । तर यदि तीव्र चाहना छ भने हाम्रो सबैभन्दा ठुलो अवगुण नै हाम्रो सबैभन्दा ठुलो शक्ति बन्न सक्छ ।

Share This: