नामको पहिलो अक्षरबाट जीवनमा पर्ने असर

नामको पहिलो अक्षरबाट जीवनमा पर्ने असर

ज्योतिषमा जीवनको हरेक समस्याको हल प्राप्त हुन्छ । हरेक समस्याको विभिन्न प्रकारका समाधानहरु छन् । यसबाट जीवनमा आई पर्ने धेरैजसो समस्याहरूको समाधान गर्न सकिन्छ । व्यक्तिको नाम उसलाई चिन्न तथा बोलाउनका लागि राखिन्छ तर ज्योतिषशास्त्र अनुसार कुनै व्यक्तिको नामको पहिलो अक्षरले उसको जीवनमा गहिरो प्रभाव पारीरहेको हुन्छ । व्यक्तिको नामको पहिलो अक्षरले उसको जीवनमा कस्तो प्रभाव पार्छ त जानी राखौ ।
१. मेष राशि ः मेष राशिका लागि ३ वटा अक्षर म, भ र न महत्वपूर्ण हुन्छन् । यो राशि भएका व्यक्तिले ‘प’ र ‘ख’ अक्षरबाट सुरु हुने नामका व्यक्तिसँग विवाह गर्नबाट बच्नु पर्छ साथै चाडै सफलता प्राप्त गर्न र धनलाभका लागि ‘म’ अक्षरबाट सुरु हुने नाम शुभ हुन्छ ।
२. वृष ः वृष राशिका लागि प, ग र य तीन वटा अक्षर शुभ हुन्छन् । यस राशिका व्यक्तिलाई अ, व अनि र अक्षरबाट सुरु हुने नामले शुभ परिणाम दिदैन । वैवाहिक जीवन र करियरमा सफलता प्राप्तिका लागि ‘ग’ अक्षरबाट सुरु हुने नाम उत्तम हुन्छ ।
३. मिथुन ः यस राशिका लागि मुख्य रूपमा र तथा श अक्षर शुभ हुन्छन् । यस राशिका व्यक्तिलाई क अनि च अक्षरले शुभ परिणाम दिदैन । जीवनमा सफलता प्राप्त गर्नका लागि ‘स’ वा ‘श’ अक्षर शुभ हुन्छ ।
१२. कर्कट ः कर्कट राशिका लागि न, श, म तथा द अक्षर महत्वपूर्ण हुन्छ । यिनीहरूलाई अ र प अक्षरले त्यति लाभ दिदैन । जीवनमा सफलता प्राप्त गर्नका लागि श वा द अक्षर प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४. सिंह ः यस राशिका लागि भ, य, ल तथा अ अक्षर शुभ हुन्छन् । यिनका लागि ह अनि र अक्षर शुभ हुँदैन । राम्रो स्वास्थ्य र स्थाई जीवनका लागि सधैँ अ अक्षरको प्रयोग गर्नुपर्छ ।
५. तुला ः यस राशिका लागि श, स, क तथा घ अक्षर शुभ मानिन्छ । यिनका लागि च, म अनि न अक्षर शुभ हुँदैन । यस राशिका व्यक्तिले मन र सम्बन्ध बलियो राख्न वा सफलताका लागि स अक्षरबाट नामको सुरुवात् गर्नु उत्तम हुन्छ ।
६. वृश्चिक ः यस राशिका लागि अ, न तथा द अक्षरहरु शुभ हुन्छन् । यस राशिका लागि प, र अनि क अक्षर समस्याको कारण बन्न पुग्छ । यस राशिले जीवनमा आउने उतार चढावबाट बच्नका लागि अ अक्षरको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
८. धनु ः यिनका लागि श, म, ह तथा अ अक्षर शुभ हुन्छन् । यस राशिका व्यक्तिका लागि व अनि क अक्षर लाभदायक हुँदैन । यिनीहरूले जीवनमा शान्ति र उन्नतिका लागि अ अक्षर प्रयोग गर्नु उत्तम हुन्छ ।
९. मकर ः मकर राशिका लागि व, ल, ज तथा र अक्षर शुभ हुन्छ । यिनलाई द, ह अनि म अक्षरले हानि गर्छ । जीवनमा सफलता प्राप्त गर्न ‘व’ अक्षर प्रयोग गर्नु पर्छ ।
१०. कुम्भ ः कुम्भ राशिका लागि क, श, अ तथा र अक्षर शुभ हुन्छ । यिनीहरूले सधैँ ह, प अनि ड अक्षरबाट टाढा रहनु पर्छ । यिनका लागि सधैँ अ अक्षर उत्तम हुन्छ ।
११. मीन ः यस राशिका लागि ह, न तथा य अक्षर शुभ हुन्छ । यिनका लागि त, म अनि र अक्षर लाभदायक हुँदैन । जीवनमा हरेक प्रकारको उन्नतिका लागि ‘न’ अक्षरको प्रयोग गर्नुहोस् ।

Share This: