दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा

दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा

दोस्रो चरण अन्तर्गत भोलि हने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ ।
४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क भएर मतदान गर्न जान आयोगले अपील गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने–”एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदाताहरूमा आयोग हार्दिक अनुरोध गर्दछ ।”
यो निर्वाचनबाट नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने भएकोले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्ने प्रमुख आयुक्त यादवले बताए ।

Share This: