मतदान गर्न गएका ८२ वर्षीय एकको मृत्यु

मतदान गर्न गएका ८२ वर्षीय एकको मृत्यु

बनेपा-४ स्थित चण्डेश्वरी मावि मतदात केन्द्रमा मतदान गर्न गएका ८२ वर्षीय कृष्ण कर्माचार्यको मृत्यु भएको छ । मतदानस्थल छिरिसकेपछि ढलेका उनलाई मतदानस्थलमा नै जोडिएको घर पुर्‍याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।  मतदानस्थलभित्र सिढी चढ्ने क्रममा गाह्रो भएपछि आराम गरेका कर्माचार्य सोही स्थानमा ढलेका थिए । ढलेको २ मिनेटमा उनको मृत्यु भएको हो ।

Share This: