प्रतिनिधि, प्रदेशसभा चुनाव २०७४ अपडेट

प्रतिनिधि, प्रदेशसभा चुनाव २०७४ अपडेट

  • हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा मतगणना शुरु भएको छ,मनाङको अन्तिम परिणाम आजै रातिसम्म आइसक्ने अनुमान गरिएको छ ।
  • गुल्मीका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । २ सय ५१ मतदान केन्द्रहरुमा प्रराम्भिक तथ्यांक ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।
  • तनहुँमा ६५ प्रतिशत मत खसेको प्ररम्भिक अनुमान जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
  • गोरखाको मतगणना केहिबेरमा सुरु हुँदैछ । सुरुवातमा पालुङटार ९ सेरास्थित रिवेनी मावि र अजिरकोट २ को स्यार्तन निमाविकोको गणना हुनेछ ।
  • रुपन्देहीमा ५ बजेसम्म ७२ प्रतिशत मत खसेकाे प्रारम्भिक तथ्यांक । बुटवल-११ स्थित वाणिज्य क्याम्पसमा अझै एक घन्टा मतदान चल्ने निर्वाचन अायाेगकाे भनाइ ।
  • सुर्खेतमा ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ ।
  • बारामा ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । शुक्रबार बिहानदेखि मात्रै मतगणना गर्ने सहमति भएको छ ।

Share This: