श्रीकृष्णका सफलताका दश टिप्स

श्रीकृष्णका सफलताका दश टिप्स

भगवान श्रीकृष्णले सिकाएका कुराहरु यस युगका युवाहरुका लागि पनि उतिकै महत्वपूर्ण छ जति अर्जुनका लागि थियो । उनी एक सफल व्यक्तित्व मानिन्छन् । उनको व्यवाहारिक ज्ञानलाई हामी हिन्दु ग्रन्थ भागवत गिताका रुपमा मान्छौ । यसले हरेक व्यक्तिको समस्या निदान गर्ने क्षमता राख्छ । त्यसैले उनले दिएको व्यवाहारिक ज्ञानको सारलाई मनन गरौ, जसले आजको प्रतिस्पर्धात्मक युगमा पनि सफलताको ग्यारेन्टी दिन्छ ।
१. श्रीकृष्ण हरेक पक्षमा क्रान्तीकारी विचारका धनी थिए । उनको सबैभन्दा ठूलो आकर्षण उनी सँधै लिकबाट हटेर काम गर्थे । उनी एउटै नियममा
बाँधिएनन् । मौका र आवश्यकता अनुसार उनी आफूलाई त्यसैमा ढाली हाल्थे । त्यसैले त उनी महाभारतको युद्धमा अर्जुनको सारथी बने र अर्जुनको मार्गदर्शन गरी रहे ।
२. भगवान श्रीकृष्णले पाण्डवहरुलाई हरेक कठिन समयमा सहयोग गरी यो प्रमाणित गरेका थिए कि साँचो मित्र त्यही हो, जसले कठिन भन्दा कठिन परिस्थितिमा पनि साथ दिई रहन्छ र मित्रतामा शर्तहरु लागू हुँदैन । त्यसैले हामीले पनि यस्तो साथी छान्नुपर्छ, जो हरेक कठीन समयमा हाम्रो साथसाथै रहन्छ । यस्ता मित्रको हामीले सम्मान गर्नुपर्छ र गुम्न दिनु हुन्न ।
३. महाभारतका सबैभन्दा ठूला योद्धा अर्जुनले आफ्ना गुरुबाट लिएको शिक्षालाई सुनेनन् मात्र, त्यसलाई पूर्ण रुपमा लागू गरे र आफ्नो अनुभवबाट अझ नयाँ नयाँ कुराहरु सिकी रहे । यो शिक्षा हरेक व्यक्तिले लिनु पर्छ । व्यक्तिले गुरु बाहेक आफ्ना गल्तिहरु बाट वा असफलताबाट पनि सिक्नु पर्छ ।
४. यदि पाण्डवहरु सँग श्रीकृष्णको रणनिति नहुन्थ्यो भने उनीहरुले महाभारतको युद्ध जित्न सक्दैन थिए । त्यसैले कुनै पनि लक्ष्य प्राप्त गर्नका लागि त्यसको तयारी तथा रणनिति बनाउनु अनिवार्य हुन्छ ।
५. श्रीकृष्णको गितामा किन व्यर्थ चिन्ता गछौ ? कससँग डराउँछौ ? भनेर प्रश्न गरेका छन् । वास्तवमा हाम्रो शरीर नश्वर छ, एक दिन हामीले देह त्याग गर्नु छ । साथै सबै समस्याहरु पनि क्षणिक हुन्छन् । यो दिगो रहदैन । त्यसैले कर्म गर्न छोडी व्यर्थैमा चिन्ता गर्नु उपयुक्त होईन । यसबाट कुनै फल प्राप्त हुँदैन ।
६. श्रीकृष्ण सँग सम्बन्धित सबै कथाहरुमा यो प्रष्ट हुन्छ कि मानिसले दूरदर्शी हुनु पर्छ । भविष्यमा आई पर्ने परिस्थितीको मूल्यांकन गरी वर्तमानमा सही निर्णय लिनुपर्छ ।
७. श्रीकृष्णले यो पनि सिकाउँछन् कि आपत परेको बेला वा सफलता प्राप्त नहुँदा पनि हिम्मत हार्नु हुँदैन । यसको सट्टा हारको कारण पत्ता लगाई अघि बढ्नु पर्छ । समस्याहरुको सामना गनुपर्छ । एकपटक डरको सामना गरे पछि जित तपाईको पाईलामा हुनेछ ।
८. श्रीकृष्ण व्यवश्थापनका सबैभन्दा ठूला गुरु हुन् । उनले अनुशासनमा बाँच्ने, व्यर्थ चिन्ता नगर्ने र भविष्यको सट्टा वर्तमानमा ध्यान केन्द्रित गर्ने मंत्र दिएका छन् ।
९. श्रीकृष्णले आफ्ना साथी सुदामाको गरिबी देखे पछि उनको छाप्रोलाई महल बनाई दिए । साथै उनले सुदामाको गरिबीलाई वास्ता नगरी उनलाई अंकमाल गरी उनको कष्ट हटाउन प्रयत्नरत रहे । उनले मित्रतामा धन, पद जस्ता कुरालाई बेवास्ता गरी असल मित्रताको परिचय दिए ।
१०. सिधा बाटोमा हिंडेर सबै कुरा पाउन सजिलो हुँदैन । विशेष गरी त्यसबेला जब विरोधीहरुको पक्ष बलियो हुन्छ । यस्तो अवश्थामा कूटनितिको बाटो अपनाउनु पर्छ । कृष्णलाई सबैभन्दा ठूला कूटनितिज्ञ मानिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*