२५ हजार फिटबाट बिना प्यारासुट जम्प गरेर किर्तिमान

२५ हजार फिटबाट बिना प्यारासुट जम्प गरेर किर्तिमान

अमेरिकी नागरिक ल्युक आइकिन्सले २५ हजार फिटको उचाइबाट बिना प्यारासुट जम्प गर्दै जालीमा सुरक्षित ल्यान्ड गर्ने किर्तिमान कायम गरेका छन् ।
हालसम्ममा १८ हजारपटक स्काइ डाइभिङ गरी सकेका आइकिन्सले २५ हजार फिटमाथीबाट जम्प गर्दै १०० फिट चौडा र १०० फिट लम्बाई भएको जालीमा दक्षीण क्यालिफोर्नियाको सिमी भ्यालीमा अवतरण गरेका थिए ।
४२ वर्षीय आइकिन्स अमेरिकी प्यासुट एसोसियसनका सुरक्षा तथा तालिम सल्लाहकार हुन् । उनी विगत २६ वर्षदेखि स्काइ डाइभिङ गर्दै आइरहेका छन् ।

Share This: