चितवनका विद्यार्थीले बनाए रोवोट, विपतमा परेकालाई उद्धार गर्नसक्ने दावी

चितवनका विद्यार्थीले बनाए रोवोट, विपतमा परेकालाई उद्धार गर्नसक्ने दावी

चितवनको भरतपुरस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीहरुले यन्त्र मानव (रोवोट) बनाएका छन् । यसले प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्दार गर्नसक्ने दावी गरिएको छ ।
पोलिटेक्निक इन्स्टिच्यूटको इलेक्ट्रिकल ओभरसियर छैटौं सेमेस्टरमा अध्ययनरत ११ विद्यार्थीहरु मिलेर बनाएको रोवोटको नाम ‘बाडप्रकाश’ राखिएको छ ।
यस रोवोटले प्राकृतिक प्रकोपमा जमिन तथा मानव निर्मित संरचनाभित्र फसेका कामदार तथा मानिसहरुलाई उद्दार गर्न सक्ने प्रोजेक्ट लिडर अभिषेक काफ्लेले बताए ।
यस रोवोट निर्माणमा ५० हजार रुपैयाँ खर्च भएको विद्यार्थीहरुले बताएका छन् ।
कलेजका प्रशासन प्रमुख शिवप्रसाद सुवेदीले सो रोवोटलाई सूपथ मूल्यमा बजारमा ल्याउने योजना रहेको बताए ।

Share This: