आत्मविश्वासलाई दृढ बनाऔ

आत्मविश्वासलाई दृढ बनाऔ

हाम्रो सफलता, असफलता, एक आपसमा सम्बन्ध आदिमा आत्मविश्वासको गहिरो प्रभाव पर्दछ । आत्मविश्वासले मानिसलाई कठिनभन्दा कठिन र मुश्किल हुन नसक्ने लक्ष्य प्राप्तिका लागि पनि सहज पारिदिन्छ । आत्मविश्वास सम्पन्न भएको व्यक्तिमा प्रशन्नता, सन्तुष्टि र सार्थक उदेश्य सहज भएको देखिन्छ । भनिन्छ आत्मविश्वासले असंभवलाई पनि संभव बनाइदिन्छ भन्नुको तात्पर्य के हो भने आफू प्रति विश्वास, हाम्रो अनुभव, अरुको दृष्टिकोण हामीप्रतिको समाजको हेर्ने दृष्टिकोण, आप्mनो जीवन वा समाजप्रतिको धारणा नै आत्मविश्वास हो ।
दृढ आत्मविश्वासको अर्थ यो होइन कि आफू हरेक कुरामा पूर्ण छु, जुन काम पनि आफूबाट सहज हुन्छ । कहिले काही आत्मविश्वास हुँदा हुँदै पनि कति गल्तीहरु हुन्छन् । जसको कारणले अरुको आलोचना सुन्नुपर्छ । असफलताले मन खिन्न हुन्छ । यस्तो अवस्थामा आफूमा दृढ आत्मविश्वास छ भने हामी कहिल्यै निराश र अत्तालिनु पर्दैन । असफलता र निराशले नै हामीलाई धेरैक कुरा सिकाउँछ । जसले हामीलाई सफलताको सिढीमा चढाउँछ । सधै अघि बढ्ने अवसर प्रदान गर्छ ।

आत्मविश्वास भएका व्यक्तिहरुका विषेशताहरु
– दृढ आत्मविश्वास भएका व्यक्तिहरु जहिले पनि कठिन, मुश्किल परिस्थितिमा पनि सामना गर्न तत्पर रहन्छन् ।
– दृढ आत्मविश्वास भएको व्यक्ति आशावादी हुन्छ ।
– दृढ आत्मविश्वास भएको व्यक्ति अरुलाई बुभ्mने कोशिश गर्छन् ।
– दृढ आत्मविश्वास भएको व्यक्ति एकान्तप्रेमी हुन्छन् ।
– दृढ आत्मविश्वास भएको व्यक्ति आप्mनो योग्यता र क्षमतामा विश्वास राख्छन् ।
– दृढ आत्मविश्वास भएको व्यक्ति जहिले अरुको विनम्रता, अनुशासन र मर्यादाको आदर गर्ने गर्छन् ।
– दृढ आत्मविश्वास भएको व्यक्ति संवेदनशिल हुन्छ र अरुको पीडालाई बुभ्mने हुन्छ ।

आत्मविश्वासलाई दृढ बनाउने उपाय
जबसम्म हामी आफूले आफैलाई सम्हाल्न सक्दैनौ, म पनि केही गर्न सक्छु भन्ने भावना मनमा जागृत गराउन सक्दैनौ तबसम्म हामीमा आत्मविश्वासको कमी नै रहन्छ । दृढ आत्मविश्वास हामी आफैले सृजना गर्न सक्छौ । आत्मविश्वास आन्तरिक मनबाट जागृत गराउनुपर्छ । आफैले आफैलाई बुभ्mन सक्नुपर्छ । भावनालाई बुभ्mने हुनुपर्छ र त्यसलाई बुझेर अघि बढ्नु आवश्यक छ । प्रेरणा एंव भावनालाई बुभ्mनको लागि अन्तदृष्टि विकास हुनु जरुरी छ । आत्मविश्वास कायम राख्ने पहिलो चरण हो आत्मदर्शन । स्वंय आफैले आफैलाई हेर्ने, अवलोकन गर्ने गरेमा पनि आत्मविश्वास बढ्छ । आप्mनो राम्रो पक्ष, गुण या विशेषतालाई केलाएर बुभ्mने र यसको मानसिक विकासले गर्दा नै आत्मविश्वास बढ्छ । पहिले आफू जस्तो छ त्यसलाई स्वीकार गर्ने । यसको अर्थ हो राम्रो पक्ष वा आप्mनो कमजोरीलार्य स्वीकार गर्ने । यसरी आफूलाई नै बुभ्mने हो भने आफू स्वंयलाई जान्ने मौका मिल्छ । हामी भित्रको जुन राम्रो पक्ष छ त्यसलाई विकास गर्ने उत्साह जाँगेर आउँछ र जुन हामी भित्रको कमजोरीहरु छन् त्यसलाई हटाउने साहस जुटाउँछ । निडरता र इमान्दारीताले हामीलाई अरुको सामुन्ने उभिन सक्ने साहस पनि दिलाउँछ । हामीमा आत्मविश्वास बढ्दै गएपछि नै हामीभित्रको गुण, दोष, राम्रो , नराम्रो आन्तरिक बाहिरी सबैलाई सही सही तरिकाले आंकलन गर्दै जादाँ हामी सक्षम हुन सक्छौ । हामी सबैमा राम्रो नराम्रो दुई पक्ष हुन्छन् । तर हाम्रो अस्तित्व जस्तो छ त्यसलार्य स्वीकार गर्छौ या गर्दैनौ । आत्मविश्वास हामीले आफैमा सृजना गर्नुपर्छ । हामीले आफूले आफूलाई कति हदसम्म कुन तरिकाले स्वीकार गर्छौ त्यो आत्मविश्वासमा निर्भर रहन्छ ।

Share This: