आशावादी बनी लक्ष्य प्राप्ति गरौ

आशावादी बनी लक्ष्य प्राप्ति गरौ

जीवनमा सफलता पाउनु छ भने आशावादीको आवश्यकता पर्छ । आशावादीले मानिसमा उत्साह र मनोबल बृद्धि हुन्छ । आशावादी सोच भएका व्यक्तिको मस्तिष्कमा सेरोटोनीन नामक रसायन वृद्धि हुन्छ । त्यसले तनावको मात्र कम गर्छ र व्यक्ति लक्ष्य प्राप्तिका लागि अघि बढ्न सक्षम हुन्छ । सेरोटोनिन कमी भएको अवस्थामा निन्द«ाको अभाव, तनाव, आत्मविश्वासको कमी आदि लक्षण देखा पर्न थाल्छन् । आशावादीको अर्थ सधै राम्रो र सकारात्मक परिणामको चाहना राख्नु, हरेक कुरालाइृ राम्रो पक्षबाट हेर्नु तथा सोच्नु र ती कुराको परिणाम सधै सकारात्मक हुन्छ भन्ने कुरामा विश्वस्त हुनु हो । समयको गतिसँग हाम्रा भावनाहरु पनि विकसित हुँदै जान्छन् । आमाबुवाद्धारा दिएको संस्कार, स्कुल वा कलेजमा पाएका पुरस्कार, प्रतियोगितामा हासिल गरेका उपलब्धि, शिक्षकहरुद्धारा गरिएको प्रशंसा, साथीहरुबाट पाइएको प्रशंसा आदिले भावनालाई विकसित गरी हामी भित्रको आशावादलाई बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।
आफूमाथि पूर्ण विश्वास हुनु नै सकारात्मक सोच हो । यही विश्वासल हामीलाई आफ्नो लक्ष्यसम्म पु¥याउछ । यसबिच आइपर्ने बाधा, अड्चन तथा समस्या अनेकौ लक्ष्यलाई अवरोध पु¥याउने मात्र नभई यो हाम्रो प्रेरणाको स्रोत हुन् जसले हरेक क्षण हामीलाई हाम्रा कमी कमजोरीहरुलाई निर्देशन गरिरहेका हुन्छन् । हाम्रो समाजमा नकारात्मक सोच भएका व्यक्तिहरुको पनि कमी छैन । उनीहरु तीन कुरामा अल्झिरहेका हुन्छन् । त्यो गर्नु नै मेरो सबैभन्दा ठूलो गल्ती थियो, हरेक कुरालाई गतल अर्थ लगाउनु, परिस्थिति मेरो अनुकुल छैन यस्ता सोचलाई तत्काल बदल्नुपर्छ । आफ्नो असफलतामा भएको कमी कमजोरी, गल्तीलाई सुधार गरी सक्षम बन्न सकिन्छ । निरन्तरता, आत्मविश्वास र दृढ निश्चय नै आत्मविश्वासरुपी आशावादको महत्वपूर्ण सिद्धान्त हो ।
आशावादीहरु लक्ष्य प्राप्तिका लागि निरन्तर लडिरहेका हुन्छन् । नकरात्मक सोचाइ भएका हार खाएका व्यक्ति अर्को प्रयासतर्फ अग्रसर पनि हुदैनन् । चुनौती र समस्याबाट भाग्नु मुर्खता हो, त्यसैले हरेक नयाँ विहानीले नयाँ उर्जा प्रदान गर्छ भन्ने कुरामा विश्वास राख्नुपर्छ । खुशी हामीभित्रै हुन्छ , त्यसलाई खोज्न भौतारिनु पर्दैन कुनै पनि व्यक्ति पूर्ण हुदैन, केही न केही कमी कमजोरी हरेकमा हुन्छन् । कमी कमजोरीले सीमित घेरामा बस्ने हो भने उदासीनता र तनाव वाहेक केही प्राप्त हुदैन । आफ्ना राम्रा पक्षलाई चिनेर त्यसलाई लक्ष्यको बाटो पहिल्याउनु पर्छ ।

Share This: