सुन्दर कपालको लागि

सुन्दर कपालको लागि

महिला हुन् वा पुरुष शीरमा सुन्दर केश भए व्यक्तित्व तथा आर्कषणमा राम्रो प्रभाव पार्छ । केशले पनि मानिसको व्यक्तिमा ठूलो प्रभाव पारेको हुन्छ । केशले हाम्रो आकर्षक तथा व्यक्तित्वमा मात्र होइन हाम्रो स्वास्थ्यस्थिति थाहा पाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । अहिलेका विज्ञानले कपालको विश्लेषणबाट मानिसको पहिचान गर्न सफलता प्राप्त गरेको छ । केशको सुन्दरताले सधै अरुलाई आर्कषित गर्छ । सबैमा आप्mनो केश कालो, लामो, बाक्लो, चमकिलो नरम एवं स्वस्थ्य होस् भन्ने चाहना हुन्छ । महिला होस् या पुरुष हरेकको यस्तो चाहना हुनु स्वभाविक मानिन्छ ।
त्यसैले गर्मी मौसममा घामको तेज किरणले गर्दा कपाल रुखो र सुक्खा हुने हुन्छ । कपाल एक आपसमा अल्झिएको हुन्छ । ज्यादा गर्मीले कपालको नरमपना नष्ट हुन्छ । साथै कपाल चिपचिप हुने हुन्छ । त्यसैले गर्मीमा कपालको राम्रो हेरविचार गर्नुपर्छ । घामको तेज किरण र तातो बहने हावाले हाम्रो सौन्दर्र्यलाई मात्र होइन हाम्रो कपाललाई पनि नराम्रो प्रभाव पारेको हुन्छ ।

कसरी गर्ने कपालको हेरचाह ः
– कपालको सफाइमा विशेष ध्यान दिने । लामो कपालको लागि हप्ताको तीन पल्ट धुनु आवश्यक छ ।
– छोटो कपाल प्रत्येक दिन या एक दिन विराएर धुन सकिन्छ । किनकी, कपाल झर्नुको प्रमुख कारण कपाल फोहोर भएको कारणले हो ।
– महिनामा एक पल्ट अंडा लगाउने । २० मिनेटपछि शैम्पूले पखाल्ने । यसले कपाललाई झर्नबाट रोक्नुको साथै कपालमा चमक पनि आउँछ ।
– महिनामा एक चोटी कपालमा मेहन्दी लगाउने । यसले कपाललाई चम्किलो बनाउँछ । र कपालको लागि कंडिशनरको काम गर्छ ।
– दुई मुखे भएको कपाललाई काटेर फालिहाल्नु पर्छ । किनभने यसले कपाललाई बढ्न दिदैन । कपालको चमक हराउँछ साथै कपाल झर्ने हुन्छ ।
– हेयर कलरले कपाललाई आकर्षक देखाउँछ, तर हेयरकलर गर्नुभन्दा पहिले नियमित स्याहार गरेर स्वास्थ्य बनाउनुपर्छ ।
– कपालको लागि राम्रो शैम्पू प्रयोग गर्ने, साबुनले कपाल धुए कपाल झर्ने हुन्छ साथै कपालको चमक पनि हराउँछ ।
– हप्ताको एक चोटी कपालको जरादेखि नै तेलले मालिश गर्ने । कमसेकम आधा घण्टा जति त्यतिकै छोड्दिने, त्यसपछि मात्र कपाल धुने ।
– टाउको धुनुभन्दा पहिले आधा घण्टा पहिले तेल लगाउने । तेल लगाएर कपाल धुदा कपाल कोमल र नरम हुन्छ ।
– अमला, शिकाकाई, रिठा भएको पानीले कपाल धुदा कपाललाई पोषणतत्व प्राप्त हुन्छ
– कपाल स्याहार गर्दा गर्दै पनि कुनै फरक देखिएन भने त्यसको कारण हर्मोन्सको असन्तुलनको कारणले पनि हुन सक्छ । त्यस्तो बेलामा डाक्टरको सल्लाह लिनुपर्छ ।

Share This: