कालो वर्णका लागि उपयुक्त हेयर कलर

कालो वर्णका लागि उपयुक्त हेयर कलर

हाम्रो छालामा पाइने मेलानिन नामक तत्व हाम्रो छालाको रङ्गका लागि जिम्मेवार हुन्छ । यही मेलानिन तत्वको मात्रा छालामा बढी भएमा छालाको रङ्ग कालो बन्न पुग्छ । यसै प्रकार यसको मात्रा कम हुँदा छालामा निखार आउँछ । यस संसारको लगभग आधा जनसंख्या कालो वर्णको हुन्छन् । कालो वर्णलाई डस्की ब्यूटि भनेर पनि चिनिन्छ । यस वर्णका व्यक्तिले कपालमा हेयर कलर गर्दा केही ध्यान दिएमा सौन्दर्यमा अझ निखार ल्याउन मद्धत पुग्छ । त्यसैले आज हामी काला वर्णका लागि उपयुक्त हेयर कलरका बारेमा बताउन गइरहेका छौ ।
१. रातो हेयर कलर ः गाढा रातो रङ्गको हेयर कलरले कालो वर्णका व्यक्तिलाई निकै स्टाइलिश देखाउछ । त्यसो त यो कलरले सबै वर्णका व्यक्तिलाई सुहाउछ ।
२. रेडिश ब्राउन हेयर कलर ः यदि तपाईँको वर्ण केही गाढा छ भने यो हेयर कलरले तपाईँलाई सुहाउनेछ । स्ट्रेट कपालमा यो हेयर कलर प्रयोग गर्दा डस्की ब्यूटीको सौन्दर्यमा निखार आउनेछ ।
३. पर्पल हेयर कलर ः छोटो थाई कट स्ट्रेट कपालका लागि पर्पल हेयर कलर निकै शानदार हुन्छ । यस हेयर कलरले कालो वर्णका युवतीलाई सुन्दर तथा सिम्पल देखिन मद्धत गर्नेछ ।
४. गाढा रातो हेयर कलर ः गाढा वर्णका लागि गहिरो रातो हेयर कलरलाई निकै फेशनेबल मानिन्छ । कालो वर्णका छोटो कपाल भएका महिलालाई यो हेयर कलरले सुन्दर देखाउनेछ । डार्क स्कीन टोनमा यो हेयर कलरले आकर्षक देखाउनेछ ।
५. ब्राउन हेयर कलर ः गाढा वर्णका व्यक्तिका लागि हल्का सुनौलो हेयर कलरले थप आकर्षण दिन्छ । गाढा खैरो र सुनौलो हाइलाइटले कपालको चमकमा वृद्धि गर्नेछ । कालो वर्ण तथा खैरो आँखा भएका महिलालाई विशेष गरी यो हेयर कलरले सुहाउनेछ ।
६. कालो हेयर कलर ः प्राय ः धेरैजसोले प्रयोग गर्ने यो सबैभन्दा सामान्य र बढी विशवसनीय हेयर कलर हो । कालो हेयर कलरले हरेक वर्ण, हरेक शेपका अनुहार भएको व्यक्तिलाई सुहाउँछ ।
७. लाइट ब्राउन मिड पार्ट हेयर स्टाइल ः डस्की ब्यूटीका लागि यस्तो हेयर कलरले विशेष निखार ल्याउनेछ । यसले कालो वर्ण मात्र होइन, सबै स्कीन टोनका व्यक्तिलाई सुहाउछ ।
८. ब्ल्याक एण्ड लाइट ब्राउन मिक्सड ः कालो कपालमा बिच बिचमा तथा मुनिबाट ब्राउन हेयर कलर गर्दा यसले थुप्रैलाई आकर्षित गर्न सक्छ ।

Share This: