रोटी चोर

रोटी चोर

एउटा अमेरिकी बस्तीमा एउटा वृद्ध व्यक्तिलाई रोटी चोरेको आरोपमा पक्राउ गरी अदालतमा पेश गरियो । त्यस गरिब वृद्धले न्यायाधिशका सामु आफूले रोटी चोरेको स्वीकार गर्दै भन्यो, ‘म निकै भोकाएको थिए, यदि मैले त्यसो नगरेको भए म मर्ने थिए ।’ न्यायाधिशले भने, ‘यदि तिमी चोरेको स्वीकार गर्छौ भने म तिमीलाई दश डलर जरिवाना तिर्ने सजाय दिदैछु । मलाई थाहा छ कि तिमी सँग दस डलर छैन नत्र तिमी चोर्न बाध्य हुने थिएनौ । त्यसैले तिम्रो तर्फबाट यो पैसा म तिर्नेछु ।’ न्यायाधिशको न्याय सुनेर अदालतमा मौनता छायो । मानिसहरूले देखे कि न्यायाधिशले आफ्नो गोजीबाट दस डलर निकालेर दिए र राज्यकोषमा जम्मा गर्ने आदेश दिए । त्यसपछि उनले उभिएर भने, ‘म सबै उपस्थित मानिसहरू सँग दस दस डलरको सजाय सुनाउदै छु किनकि तपाईहरु यस्तो मुलुकमा बसीरहनु भएको छ , जहाँ एउटा गरिब, पेट भर्नका लागि रोटी चोर्न बाध्य छ ।’ न्यायाधिशले यति भने पछि त्यहाँ उपस्थित सबै व्यक्तिले कथित जरिवाना शुल्क तिर्न थाले । हेर्दा हेर्दै त्यहाँ ५ सय राशि जम्मा भयो । त्यो सबै पैसा न्यायाधिशले वृद्धलाई दिँदै भने, ‘आशा छ कि यसबाट तिमीले सानो तिनो काम सुरु गर्नेछौ र भविष्यमा कहिल्यै चोरी गर्नु पर्ने अवस्था आउने छैन ।’ आफ्नो यस अनौठो न्यायका कारण न्यायाधिशले प्रमाणित गरे कि मानिसलाई मानिसको दृष्टिले हेर्नु नै न्यायको सबैभन्दा ठुलो सर्त हो ।

Share This: