धोका

धोका

एक पटक एक जना केटा र केटी सँगै खेलीरहेका थिए । केटा सँग रंगीचंगी गुच्चाहरुको थुप्रो थियो भने केटीले आफू सँग बट्टामा केही मिठाई बोकेर ल्याएकी थिई । मान्छेलाई अरूको कुरामा बढी आकर्षण हुन्छ, त्यस्तै केटालाई मिठाईले लोभ्यायो भने केटीलाई रंगीचंगी गुच्चाले । त्यतिकैमा केटाले भन्यो, ‘यदि तिमीले त्यो बट्टाको सबै मिठाई मलाई दियौ भने म तिमीलाई मेरो सबै गुच्चाहरु दिनेछु ।’ केटीले तुरुन्त मानी र उसले बट्टाको सबै मिठाई केटालाई दिई। जब केटीले बट्टाबाट मिठाई निकाल्दै थिई, त्यसैबेला केटाले ठुलो र राम्रो गुच्चाहरु निकालेर लुकायो र बाकी रहेको गुच्चा दियो । केटीले खुसी खुसी आफ्नो सबै मिठाई दिई र गुच्चा लिएर गई । दिनभरि गुच्चा सँग खेले पछि उ मस्त सँग निदाई तर केटा भने रातभरि सुत्न पाएन । उसले यही सोची रहयो कि कतै केटीले बट्टामा अरू मिठाई त लुकाएकी थिइन ,जसरी उसले राम्रो र ठुलो गुच्चा लुकाएको थियो ।
यदि हामी कसैलाई धोका दिन्छौ भने हाम्रो मनमा यही शङ्काले सताई रहन्छ कि कतै उसले पनि हामीलाई धोका त दिई रहेको छैन । यो कुरा हरेक सम्बन्धमा लागू हुन्छ जस्तै साथी, माया, कम्पनी र कर्मचारी बिचको सम्बन्ध आदि । यदि तपाईँ इमान्दारीले आफ्नो काम पुरा गर्नुहुन्छ भने तपाईँ आराम सँग सुत्न सक्नुहुनेछ ।

Share This: