नक्कली सौन्दर्य प्रशाधन देखि सावधान

नक्कली सौन्दर्य प्रशाधन देखि सावधान

अहिले बजारमा केमिकलयुक्त नक्कली कस्मेटिक्स छ्यापछ्याप्ती छन् । यस्ता सौन्दर्य प्रसाधन सस्तो हुन्छ, तर प्रभावकारी रुपमा काम गर्दैन । त्यती मात्र होइन, नक्कली कस्मेटिक्सले सौन्दर्यमै हानी गर्छ । त्यसलै यस्ता नक्कली कस्मेटिक्स प्रयोग गर्नुअघि सचेत हुनैपर्छ ।

बिना साइट इफेक्टको सौन्दर्य प्रसाधन ः
कुनैपनि सौन्दर्य प्रसाधन खरिद गर्नुअघि त्यसको ब्रान्ड हेर्नुपर्छ । जथाभावी वा फुटपाथमा उपलब्ध हुने कस्मेटिक्स कमसल हुने गर्छ । आफुले खरिद गर्न लागेको कस्मेटिक्सको बारेमा जानकारी लिएर मात्र खरिद गर्नु राम्रो हो । खासगरी त्यसको ब्रान्ड, प्रयोग विधी, प्रभावकारिता, मूल्य आदिबारे बुझ्नुपर्छ ।
सबै कस्मेटिक्स सबैको लागि उपयोगी हुन्छ भन्ने छैन । आफ्नो छाला, केसको प्रकृति अनुसार भिन्न भिन्नै कस्मेटिक्स उपयोगी हुन्छ । आफ्नो लागि कस्तो कस्मेटिक्स अनुकुल हुन्छ भन्ने कुराको पनि ख्याल राख्नुपर्छ ।

बिभिन्न प्रकारका कस्मेटिक्स ः
अहिले बजारमा ओंठलाई सुन्दर बनाउन किसिम(किसिमका शेडयुक्त लिपस्थिट, नङको सौन्दर्य बढाउने नेल पोलिस, अनुहारलाई चम्किलो बनाउने पाउडर, क्रिम, शरीरको छालामा निखार ल्याउने लोशन, आँखाको सुन्दरता बढाउने गाजल, आइ लाइनर आदि उपलब्ध छन् ।
आजभोलि यस्ता सौन्दर्य प्रसाधनको प्रयोग पनि अधिक मात्रामा बढेका छन् । यद्यपी यस्ता प्रसाधन प्रयोग गर्नुअघि त्यसको उपयोगिताबारे जान्नैपर्छ । कस्तो अवस्थामा कुन कस्मेटिक्स प्रयोग गर्ने, कति गर्ने, कसरी गर्ने भन्ने कुराको ज्ञान हुनुपर्छ । नभए, त्यसको उल्टो असर पर्न सक्छ ।

के छ साइड इफेक्टः
कमसल सौन्दर्य प्रसाधनको प्रयोगले छाला तथा केसको सौन्दर्य नष्ट गर्छ । छालामा एलर्जी हुने, जलन हुने, सुन्निने जस्ता समस्या देखापर्न सक्छ । हानिकारक रसायन प्रयोग गरिएको कस्मेटिक्स लामो समयसम्म प्रयोग गर्दा क्यान्सर हुने जोखिम समेत हुन्छ ।
धेरैजसो कम्पनीले कस्मेटिक्स उत्पादनमा हेभी मेटल जस्ता अर्सेनिक, क्याडमियम, मरकरी, निकेल, लेड अदि पाइन्छ । यो त्यही मेटल हो, जो छालामा लामो समयसम्म सम्पर्कमा रह्यो भने विभिन्न समस्या निम्त्याउँछ । यस्ता सौन्दर्य प्रसाधन प्रयोग गर्दा छालाको रोम–छिद्र बन्द गरिदिन्छ । यसले गर्दा शरीरको पसिना बाहिर निस्कन पाउँदैन । बिकारयुक्त पदार्थ शरीरभित्रै जम्मा भएर बस्छ ।

कुन कस्मेटिक्सको कस्तो असर ?
टेल्कम पाउडर– धेरैजसोले यो पाउडर प्रयोग गर्छन् । अनुहार र नुहाइसकेपछि शरीरमा प्रयोग गर्छन् । तर, यसको धूलोको स(सना कण सासको माध्यामबाट फोक्सोमा पुग्छ र असर गर्न सक्छ । यसले दम, ब्रोन्काइटिस जस्ता समस्या निम्त्याउँछ ।
लिपस्टिक( नियमित रुपले लिपिस्टिक प्रयोग गर्दा ओंठको स्वाभाविक रंग नष्ट हुन्छ । साथै ओंठ कालो पनि हुन्छ । यसमा इओसिन नामको रंग लैनोनिक रसायनसँग बनाइन्छ । लिपस्टिक ओंठको माध्यामबाट जब शरीरमा प्रवेश गर्छ, रोग पैदा गर्न सक्छ ।
नेल पोलिस–नेल पोलिसको नियमित प्रयोगले नङको प्राकृतिक रंग नष्ट गर्छ । नङ चमकहिन हुन्छ । साथै कमजोर पनि ।
आँखाको प्रसाधन–आँखाको लागि प्रयोग गरिने प्रसाधनमा आइ पेन्सिल, आइ लाइनर, आइ श्याडो, मस्कारा, गाजल हुन्, जसले क्षणिक रुपमा आँखालाई सुन्दर बनाएपनि दिर्घकालिन असर पुर्‍याउन सकछ । किनभने यसमा सीसा लगायतका हानिकारक तत्व हुन्छ । मस्काराको नियमित प्रयोगले आँखाको आसपासको छालामा जलन हुनसक्छ । आइलाइनरले आँखाको झिल्लीमा असर पुर्‍याउन सक्छ ।
हेयर स्याम्पु–स्याम्पुमा सिन्थेटिक डिटरजेन्ट हुन्छ । यसमा सेल्टोल्स र डाइ अक्सिजन जस्ता विषालु तत्व पनि हुन्छ, जसले केसलाई हानी पुर्‍याउँछ ।
हेयर रिमुभर–अनावश्यक रौं हटाउनका लागि बजारमा सुगन्धित हेयर रिमुभर पाइन्छ । यसमा बेरियम सल्फेट नामको रसायन मिलाइन्छ । यसले छालामा असर गर्छ ।
फेस क्रिम( अनुहारमा लगाउने क्रिम यदि वोसो वा तेल जस्ता मिश्रणले बनाएको भए, ठीक हुन्न । यस्ता क्रिममा मिश्रण गर्ने कतिपय तत्वले छालाको रोमछिद्र बन्द गरिदिन्छ । त्यही कारण शरीरको विषाक्त पदार्थ वाहिर निस्कन पाउँदैन ।
मोश्चराइजर( केहि लोकप्रिय मोश्चराइजर कम्पनीले तामझामका साथ विज्ञापन गर्दै आफ्नो उत्पादन विक्री गर्छन् । तर, यी मोश्चराइजरमा डिजर्टेन्ट जस्ता केहि केमिकल मिलाइएको हुन्छ, जसले छालामा असर गर्छ ।

के गर्ने ?
कुनैपनि सौन्दर्य प्रसाधन अपनाउनुअघि त्यसको एलर्जी सम्बन्धी जाँच गर्नुपर्छ । यसका लागि कानको पछाडिको भागमा थोरै सौन्दर्य प्रसाधन लगाउने र २४ घण्टासम्म त्यसको असर हेर्ने । यदि त्यसले कुनै प्रतिक्रिया दिएन भने उक्त सौन्दर्य प्रसाधनको प्रयोगले खासै हानी नगर्न सक्छ ।

घरेलु सौन्दर्य प्रसाधनको प्रयोगः
बजारमा पाइने सौन्दर्य प्रसाधनले कुनै न कुनै रुपमा हानी गरिरहेकै हुन्छ । त्यसैले त्यस्ता सौन्दर्य प्रसाधन प्रयोग गर्नुभन्दा घरमै प्राकृतिक रुपमा तयार गरिने सौन्दर्य प्रसाधन प्रयोग गर्नु उत्तम हो । यसले न नकारात्मक असर गर्छ, न त खर्चालु नै हुन्छ ।

Share This: