हङकङमा ‘कमलेको बिहे’को प्रिमियर

हङकङमा ‘कमलेको बिहे’को प्रिमियर

प्रदर्शनको लागी तयार भएको चलचित्र ‘कमलेको बिहे’को हङकङमा वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा नायक अनुपबिक्रम शाही उपस्थित रहे दर्शकसँगै बसेर चलिचत्र हेरे । सात सय बढि दर्शकका साथ सम्पन्न भव्य रेड कार्पेट प्रिमियरमा हङकङमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपालीहरुको उपस्थिती थियो ।
स्थानिय दर्शकसँग पछिल्लो समय उदाउँदो स्टारको उपमा पाएका अभिनेता अनुप सेल्फी तथा फोटोमा व्यस्त बने । भिलेनको रुपमा एकाएक चर्चामा आएका अनुपले यो चलचित्रमा निभाएको भिन्न अबतारलाई दर्शकले मन पराएका छन् । हङकङबासी नेपालीले अनुप तथा अभिनेत्री सन्ध्या केसीको कामको तारिफसँगै निर्देशनमा अब्बल प्रस्तुती दिएकोमा प्रसन्न पौड्यालको तारिफ गरेका छन् ।
नेपाली परिवेशको अन्य फिल्मले उठाएका भन्दा केही पृथक प्रस्तुति जोडेको ‘कमलेको बिहे’लाई हङकङ प्रिमियरमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक पौड्यालले बताए । ‘कमलेको बिहे’को हङकङ प्रिमियरको चाँजोपाँजो मनिष लिम्बुले मिलाएका थिए । नेपाल रिलिज तय भईनसकेको फिल्मको नेपाल पहिले नै हङकङपछि युके, अमेरिका तथा युरोपका विभिन्न शहरमा विशेष प्रदर्शनी हुने निर्माण टिमले बताएको छ ।
यो चलचित्रलाई विदुर पाण्डेले खिचेका हुन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद समावेश ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौल लिड अभिनयमा छन् । सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन् ।

Share This: