व्यक्तिको स्वाभावलाई चिन्न सिक्नुहोस्

व्यक्तिको स्वाभावलाई चिन्न सिक्नुहोस्

जब हामी मानिसहरु सँग आप्mनो दृष्टिकोण, लक्ष्य वा व्यवसायको अवसरहरु बाँड्छौ, त्यसबेला हामीलाई स्वीकार गर्ने व्यक्तिहरु वा हाम्रो साथमा आउन तैयार व्यक्तिहरुलाई पाँच प्रकारको श्रेणीमा बाँड्न सकिन्छ । ति यसप्रकार छन् ।
त्यस्ता व्यक्ति जसलाई सिकाउन सकिदैन ।
केहि व्यक्तिहरु यस्ता हुन्छन् ,जो कुनै कुरा सिक्न वा सल्लाह लिन अस्विकार
गर्छन् । यस्ता व्यक्तिहरु अनटिचेवल पीपल हुन्छन् । यस्ता व्यक्तिहरुको अस्वीकारको कारणहरु निकै लामो हुन्छ । यिनीहरु आप्mनो मनमा भएको असुरक्षाको डरको कारण खुलेर सामुन्ने आउन चाँहदैनन् । उनीहरुलाई यस्तो लाग्छ कि सिक्ने क्रममा उनीहरुमा भएको कमजोरीहरुको बारेमा पत्ता लाग्न सक्छ ।
केहि व्यक्तिहरुलाई केहि क्षेत्रमा सफलता प्राप्त गर्नासाथ आपूmलाई सबै कुरा आउँछ जस्तो लाग्छ । यसको कारण उनीहरुले परिवारबाट पाएको संस्कार पनि हुन सक्छ । यस्ता व्यक्तिहरु कतै टिक्न सक्दैनन् । यदि कसैले कार्यालयमा वा अन्य कर्मचारी माथि नकारात्मक प्रभाव पारीरहेका छन् भने त्यस्ता व्यक्तिहरुलाई निकाल्नु नै राम्रो हुन्छ । केहि व्यक्तिहरु केहि समय पछि परिवर्तन हुन पनि सक्छन् त्यसकारण चाँडै नै कुनै निश्कर्षमा पुग्नु पनि हुँदैन ।

चाँडै उत्साहित हुने र चाँडै सेलाउने व्यक्तिहरु ः
यस्ता व्यक्तिहरु सजिलै हाम्रो वरिपरि देख्न सक्नेछौ । केहि व्यक्तिहरु कुनै विषयमा तुरुन्त उत्साहित हुने र दोस्रो दिन नै सेलाउने वा उदास हुने गर्छन् । यस्ता यक्तिहरु स्टार्ट एण्ड स्टप अगेनको श्रेणीमा आउँछन् । यस्ता व्यक्तिहरु विनम्रता पूर्वक सिक्छन् भने यस्ता व्यक्तिहरु निकै माथि सम्म पूग्छन् । यसका लागि उनीहरुलाई ठूलो सपना देखाउन आवश्यक छ । यस्ता व्यक्तिहरुलाई सँधै उचाली रहनु पर्ने हुन्छ । जब उचाल्न छोडिन्छ । उनीहरु पूनः तल झरिहाल्छन् । जुन काम निकै कठिन पनि हुन सक्छ । यस्ता व्यक्तिहरु कर्मचारीका रुपमा वा सहयोगीका रुपमा त्यति प्रभावकारी
हुँदैनन् । उनीहरुबाट दिर्धकालीन फाइदा लिनका लागि लक्ष्यमा केन्द्रित रहन सिकाउनु पर्छ ।

बुझे जस्तो गर्ने तर केहि नबुभ्mने व्यक्तिहरु ः
यस्ता व्यक्तिहरुलाई चिन्न केहि गाहो हुन्छ । शुरुमा उनीहरु ह्ुन्छ भन्छन् । उनीहरुमा भविष्यमा संभावना देख्ने शक्ति पनि हुन्छ र साथ दिन स्वीकार पनि गर्छन् तर अचानक उनीहरु चूप लाग्छन् । यस्ता व्यक्तिहरु इंक्यूवेटर प्रवृतिका हुन्छन् । यिनीहरु त्यस्ता अण्डा जस्तो हुन् जो जहिल्यै ओथारोमै रहिरहन्छन् । उनीहरु मिटिङमा प्रायः अन्तिम पंक्तिमा बस्ने गर्छन् । यस्ता व्यक्तिहरुबाट काम लिनका लागि
आप्mनो भिजन, कमिटमेन्ट विस्वास र सकारात्मक आकर्षणको न्यानोेले
ओथार्नु पर्छ । यस्ता व्यक्तिहरु ओथारो अवस्थाबाट निस्किन सकेमा आप्mनो समयका महान् व्यक्ति बन्न सक्छन् ।

वाकर्स गतिशिल ः
वाकर्स व्यक्तिहरु निकै बिस्तारी तथा आरामले हिड्न मन पराउँछन् । उनीहरु स्वयं अगाडी बढेर कुनै भिजन वा कमिटमेन्टलाई अपनाउँछन् र दिनहुँ त्यस दिशा तर्पm केहि पाइला अघि सार्छन् । यदि उनीहरुको एक दिनको कामको परिणाम हेर्ने हो भने खासै प्रभावकारी हुँदैन । तर यदि उनीहरुको ६ महिना वा वर्ष दिनको कार्यको परिणाम हेर्ने हो भने उनीहरु साँच्चै नै प्रभावकारी तथा सकारात्मक देखिनेछन् । हुन सक्छ उनीहरु नम्बर वन बन्न नसकुन् तर बिस्तारै हिड्ने व्यक्तिहरु निरन्तर हिडिरहन्छन् र शक्तिशाली बनिन्छन् । उनीहरुको निरन्तर संचित, संयुक्त र गतिशिल कार्यले संगठनमा त्यस्ता व्यक्तिहरुलाई लिएर आउँछ । जुन संगठनका लागि
फाइदाजनक हुन सक्छ । यस्ता व्यक्तिहरुमा टिम लिडर बन्ने संभावना हुन्छ । कुनै पनि लक्ष्यमा पुग्न यस्ता व्यक्तिहरुको निकै महत्व हुन्छ । यस्ता व्यक्तिहरु रेस जित्ने द्रुत गतिका त हुँदैनन् तर महत्वपूर्ण हुन्छन् । यि व्यक्तिहरु सकारात्मक रहि निरन्तर कार्य गरिरहन्छन् ।

रनर्स दूलर्भ व्यक्तिहरु ः
वास्तवमै रनर्स दूर्लभ व्यक्ति हुन्छन् । उनीहरु संगठनमा समावेश भईसके पछि केवल धूलो, आगो तथा धुवाँ मात्र देखिनेछ । उनीहरु तिव्र गतिमा अगाडी बढ्छन् र ठूला परिणामहरु हसिल गर्छन् । हामीले यो कबुल गर्नु पर्छ कि हाम्रो सहायताबाट वा सहायता बिना हाम्रो नेतृत्व विना पनि उनीहरु सफल हुन्छन् र फटाफट सिकि हाल्ने
हुन्छन् । उनीहरु शुरु देखि नै सबै सिक्ने प्रक्रियामा आप्mनो समय र उर्जा बर्बाद
गर्दैनन् । यदि हामी उनीहरुलाई सफल हुन सिकाउँदैनौ भने उनीहरु अरु नै संगठनमा सिक्न जान सक्छन् । यस्ता व्यक्तिलाई कागज र पेन्सिल दिएर खेतमा उभ्याउने हो भने पनि उनीहरुले त्यहाँ करोडौको सम्भावना देख्न सक्छन् । शुरुवात्मा यस्ता व्यक्तिलाई केहि समय खर्च गर्नुपर्छ । सल्लाह दिनुपर्छ, जसबाट उनीहरु सहि दिशामा उड्न सकुन् । यस्ता व्यक्तिहरु स्वयम उडेर अरुलाई पनि उडाउन सक्ने क्षमताका हुन्छन् ।

Share This: