खतरनाक छ न्यून रक्तचाप

खतरनाक छ न्यून रक्तचाप

न्यून रक्तचाप अर्थात् ब्लड प्रेशर लो आपैmमा कुनै रोग त होइन तर यो उच्च रक्तचाप जति नै खतरनाक छ । यसको सम्बन्ध मुटु र रक्तनलीहरु सँग हुन्छ । जुन धमनी, कोशिका र शिराहरुमा विभाजित हुन्छ । एक पूर्ण रुपमा स्वस्थ मानिसको रक्तचाप १२० मि.मि.हुन्छ । १२०–१३० सम्मको रक्तचाप सामान्य मानिन्छ । तर १२० भन्दा कम रक्तचाप न्यून मानिन्छ । रक्तचाप घटेर ११० वा त्यो भन्दा कम भयो भने उक्त स्थिति हानीकारक हुन्छ । कहिले काँहि कसैको रक्तचाप ६० सम्म पनि हुन्छ । जुन खतरनाक हुन सक्छ । न्यून रक्तचापका लक्षणहरु यसप्रकार हुन्छ ।
– रिंगटा लाग्ने, उठ्दा, बस्दा, सुत्दा सबै घुमिरहेको महसुस हुन्छ ।
– हात खुट्टा तथा पूरै शरिर शिथिल हुन्छ ।
– टाउको दुख्ने तथा उल्टी आउने हुन्छ ।
– मनमा डर लागे जस्तो तथा असहज महसुस हुन्छ ।
– कुनै काम गर्न मन लाग्दैन ।

न्यून रक्तचापबाट हानी ः
रक्तचाप धेरै न्यून भएमा जीवन संकटमा पर्न सक्छ । प्रायः न्यून रक्तचाप स्वस्थ्य व्यक्तिहरुमा ३ वा ४ प्रतिशत व्यक्तिहरुमा मात्र हुन्छ । यस्ता रोगीहरुको जीवनकाल लामो हुन्छ । तर यस्ता रोगीहरुमा प्यारालाइसिस हुने डर, मस्तिष्कको नशा फुट्ने डर तथा हृदय गति रोकिने गंभिर समस्याहरुको डर पनि रहि रहन्छ ।

उपचार ः
न्यून रक्तचापको कुनै औषधी हुँदैन । यसका लागि केहि सावधानी तथा घरेलु उपायहरु फाइदाजनक हुन्छ ।
– रिंगटा लाग्ने वा कमजोरी महसुस भएमा तुरुन्त आराम गर्नुपर्छ ।
– हातखुट्टा शिथिल हुँदै गएमा तुरुन्त एक गिलास पानीमा नुन र कागतीको रस
मिसाएर पिउनुपर्छ । उक्त प्रक्रिया पूनः १५ मिनेटमा दोहो¥याउनु पर्छ ।
– तातो कफि पीउँदा पनि केहि आराम मिल्छ ।
– लगातार आराम तथा नूनको पर्याप्त मात्राको सेवनले न्यून रक्तचाप नर्मल हुन्छ ।
– अमिलो पिरो तथा तारेको खाना खाँदा पनि फाइदा हुन्छ ।
– कब्जियतबाट बच्ने प्रयास गर्नुपर्छ ।
– चिन्ताबाट मुक्त रहनुपर्छ ।
– बिहान बिहान डुल्ने तथा लामो श्वास तानेर छोड्ने गर्नुपर्छ ।

Share This: