डाइटिङ टिप्स

डाइटिङ टिप्स

खानेकुरा अलिकति सावधान भएर खाएमा स्वस्थ रहनुका साथै फिट रहन मद्दत गर्छ । त्यसका लागि केहि नियमहरु अपनाउनु आवश्यक छ ।
– गाढा रंगका फल र सब्जीहरु जस्तै गोलभेडा, मेवा, वाटरमेलन, अनार तथा गाजरमा एन्टि एजिंग तत्व पाइन्छ । जसले बद्दो उमेरको असरलाई कम गर्छ ।
– कोक जस्ता पेय पदार्थलाई आप्mनो खानेकुराको लिस्टबाट बाहिर निकाल्नुहोस् । यसको एक बोतलमा कम्तिमा १० चम्चा चिनी हुन्छ । जुन २० मिनेटमा शरिरमा शोषण भएर बोसोमा परिणत हुन्छ ।
– रसिलो अमिलो फलहरुमा निकै मात्रामा फाइवर पाइन्छ । त्यसैले फ्रुट जुस पीउनु भन्दा फल नै खाने गर्नुपर्छ ।
– गर्भवती महिलाहरुले प्याकेटका खानेकुरा भन्दा ओमेगा – ३ फ्याटी एसिड भएको खानेकुराहरु जस्तैः माछा, ओखर आदि खानुपर्छ । यसबाट शिशुको मस्तिष्क, आँखा र नर्वस सिस्टमको विकास हुन्छ ।
– जुनसुकै उमेरका व्यक्तिका लागि दूध आवश्यक छ । एक गिलास दूध दिनहुँ सेवन गर्दा दिमाग तेजिलो हुन्छ ।
– एक अध्ययन अनुसार जुन व्यक्तिहरुले सानो छँदा प्रशस्त दूध तथा त्यसका परिकारहरु सेवन गरेका हुन्छन् । उनीहरु बूढेसकालमा पनि द¥हो हुन्छन् ।
– खानेकुरामा भिटामिन ‘के’ पाउनका लागि मेथी, पालुङ्गो, सोइजन र पात भएका सागहरु सेवन गर्नुपर्छ ।
– जौको सातु सेवन गर्नु फाइदाजनक हुन्छ । यसले शुगरको लेवल बढ्नबाट रोक्छ । यसमा आइरन पनि प्रशस्त पाइन्छ ।
– घरबाट बाहिर निस्किदा ब्यागमा ताजा फलफुल राख्नुहोस् । बाहिर भोक लागेका बेला अस्वस्थ खानेकुरा खानबाट बचिन्छ ।
– घरमा भुटेको चना, मकै राखीरहनुहोस् जसबाट अचानक भोक लाग्दा स्वस्थ खानेकुरा सेवन गर्न सकिन्छ ।
– दिनभरिमा थोरै थोरै गर्दै ४–५ पटक खानुहोस् खानेकुरामा प्रोटिन भएका खानेकुराहरु जस्तै दाल, भट्भास, पनीर, अण्डा, दूध दही, चिकन आदि सामेल गर्नुपर्छ ।
– नानीहरुलाई अंगुर खुवाउँदा त्यमसा प्रशस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । जसले आँखाको ज्योति तेजिलो बनाउँछ ।
– खाना सँधै निर्धारित समयमै खानु राम्रो हुन्छ ।
– दश मिनेटकै लागि भए पनि नियमित व्यायाम गर्नुहोस् ।
– प्रोटिन युक्त खानेकुरा बिहान खाने गर्नुहोस् । प्रोटिन ढिलो पच्ने भएकाले छिटो भोक लाग्दैन ।
– दिनमा एक पटक सुप पीउनुहोस् ।
– विवाह वा पार्टीमा जाँदा आपूmलाई मन पर्ने कुरा मात्र खानुहोस् ।
– रात परेपछि कार्बोहाइड्रेट युक्त खाना नखानुहोस् ।
– दालचिनीले इन्सुलिनको असर बढाउने काम गर्छ । यसले रगतमा भएको शुगरको स्तरलाई कम गर्छ ।
– मासु पकाउँदा बिस्तारै कम आगोमा पकाउनु पर्छ । उसिनेको मासुलाई फेरि तारेर खानु हुँदैन ।
– कपाल झर्ने समस्या भएका यूवा यूवतिहरुले दिनहुँ एक कप उमारेको मुँग दाल, कालो चना, फल, साग र दही सेवन गर्नुपर्छ ।
– कपाल लामो राख्न चाहने व्यक्तिले सोयाबिन , अण्डा, सिमी र दही सेवन गर्नुपर्छ ।

Share This: