विश्वको सुन्दरताको रहस्य

विश्वको सुन्दरताको रहस्य

सुन्दर देखिनका लागि हरेक महिला केहि न केहि गर्न चाहन्छन् र गरिरहेका
छन् । स्थान र देश अनुसार त्यहाँका महिलाहरुको सुन्दरताको आ–आप्mनो रहस्य
रहेको छ । आउनुहोस् , जानौ केहि रहस्यका बारेमा कि कसरी देश अनुसार महिलाहरु सुन्दर देखिन्छन् ।
फ्रान्स – विश्वमा फ्रेन्च मेनिक्योर प्रशिद्ध छ । फ्रेन्च महिलाहरु रेड, चेरी जस्ता ब्राइट नेल पोलिस लगाउन मन पराउँछन् । फ्रेन्च महिलाहरु नङ चम्किलो बनाउनका लागि मनतातो पानीमा कागतीको रस मिसाएर हात तथा खुट्टाको नङ डुबाउने गर्छन् ।
सिंगापुर – सिंगापुरका महिलाहरु मेवा तथा ऐवोकैडोलाई नियमित रुपमा आप्mनो
अनुहारमा लगाउने गर्छन् । त्यसले त्यहाँको गर्मी तथा वर्षाको मौसममा अनुहार चम्किलो बनाई राख्छ ।
चीन – चीनमा प्राचीनकाल देखि नै एउटा ब्युटि सिक्रेट अपनाइदै आएको छ । भातको जाँडबाट रक्सि बनाइसके पछि जाँडमा बचेको पानीले अनुहारको चाउरीपना कम गर्छ ।
इटली – इटालियन महिलाहरु
चम्किलो तथा बाक्लो कपालका लागि दहि र ओलिव ओइललाई कंडिश्नरको रुपमा प्रयोग गर्छन् । विशेषज्ञहरुका अनुसार दहिमा भएको प्रोटिनले कपाललाई पोषण दिन्छ । इटालियन महिलाहरु १ कप दहिमा १ सानो चम्चा ओलिव ओइल मिसाएर कपाल नुहाइसके पछि लगाउँछन् र ५ मिनेट पछि पखाल्छन् ।
जर्मनी – जर्मनीका महिलाहरु
ऐलोवेरााको पातलाई भाँचेर त्यसको रसले कपालको जरामा मसाज गर्छन् र सफा पानीले पखाल्ने गर्छन् ।
इटाली – इटाली गर्मी देश हो । सूर्यको चर्को घामले कपाललाई ड्यामेज गरि
दिन्छ । त्यहाँका महिलाहरु अण्डाको सेतो भागलाई बेस्सरी फिटेर फिज निकाल्छन् र भिजेको कपालमा लगाउँछन् । त्यसपछि १० मिनेट राखेर कपाल स्याम्पुले नुहाउँछन् ।
अस्ट्रेलिया – त्यहाँका महिलाहरु आप्mनो नुहाउने पानीमा दूई कप दूधको पाउडर मिसाउँछन् । जसबाट उनीहरुको स्क्रीन नरम तथा कोमल हुन्छ ।
ग्रीस – ग्रीसको महिलाहरु चम्किलो अनुहारका लागि प्रशिद्ध छन् । उनीहरु आप्mनो
खानामा माछालाई विशेष रुपमा समावेश गर्छन् । माछामा ओमेगा–३ र ओमेगा –६
प्mयाटी एसिड पाइन्छ । यस बाहेक ताजा फल र सब्जीहरु उनीहरुको विशेष आहार हो । ग्रीक महिलाहरु ओलिव ओइलको सेवन गर्छन् ।
जर्मनी – त्यहाँका महिलाहरु नुहाउने
पानीमा मोही मिसाएर नुहाउँछन् । यसले स्क्रीनलाई पोषण दिनुका साथै नरम बनाउँछ ।
चिली – चिली महिलाहरु अंगुरमा मैदा मिसाएर अनुहारमा लगाउँछन् । कालो वा
रातो अंगुरलाई मिचेर त्यसमा दूई चम्चा मैदा मिसाएर पेस्ट बनाई अनुहारमा लगाई १० मिनेट राख्नु पर्छ र त्यसपछि अनुहार पखाल्नु पर्छ ।
रोमानिया – त्यहाँ परापूर्वकालदेखि नै मकैको पीठोमा पानी हालेर पेस्ट बनाई अनुहार भिजाई हातले गोलो गोलो घुमाउँदै मसाज गर्नुपर्छ । केहि महिलाहरु यसमा अण्डा पनि मिसाउँछन् । यसमा मह ओलिव ओइल र कागतीको केहि रस पनि मिसाउन सकिन्छ ।
कोस्टारिका – कोस्टारिकाका महिलाहरु सुन्तलाको जुसमा बराबर मात्रामा पानी मिसाई रुवाले अनुहारमा लगाउने गर्छन् । अन्डर आर्मस र कुहिनाको कालोपना हटाउनका लागि २ वटा कागतीको रसमा १ ठूलो चम्चा बेकिंग सोडा मिसाई पेस्ट बनाई लगाउँछन् र २० मिनेट पछि पानीले पखालेर मोइश्चराइजर लगाउँछन् ।
रुस – त्यहाँका महिलाहरुको सौन्दर्यको रहस्य स्ट्राबेरी हो । यस बाहेक सोना बाथ र स्पाका लागि प्रयोग गरिने मास्कमा महको प्रशस्त प्रयोग गरिन्छ ।
इजिप्ट – घामले डढेको खण्डमा इजिप्टका महिलाहरु काँक्राको रसमा मह मिसाएर
लगाउने गर्छन् । यसले घामले डढेको प्रभाव कम पार्छ ।

Share This: