छनोट

छनोट

प्रसिद्ध साहित्यकार तथा वक्ता जोन रस्किनको कार्यक्रमको आयोजना गरिएको थियो । उनले बोल्नुपर्ने विषय दिन र समय निर्धारित भई सकेको थियो । निश्चित दिनमा उनको कार्यक्रममा सहभागी हुन भीड जमा भएको थियो । तर रस्किनले सुचना पठाए कि कार्यक्रम आज होइन भोली हुनेछ । दोस्रो दिन फेरि मानिसहरु भेला भए । तर अघिल्लो दिनको तुलनामा भिड कम थियो । रस्किनले त्यस दिन पनि कार्यक्रमलाई टाले र अर्कोदिन गर्ने सन्देश पठाए । तेस्रो दिन फेरि मानिसहरु भेला भए तर अघिल्लो दिनको तुलनामा भीड झन् कम थियो । रस्किन आए र भने, ‘ साथीहरु छनोट कार्य भईसकेको छ र यहाँ जो श्रोताहरु हुनुहुन्छ । वहाँहरु साँच्चै नै यस कार्यक्रम प्रति उत्सुक हुनुहुन्छ तर केहि नयाँ सिक्न चाहनुहुन्छ । त्यस दिन रस्किनले निकै जोशका साथ विभिन्न विषयमा बोल्नुका साथै श्रोताहरुको जिज्ञासा पनि मेटाइदिए ।

Share This: