चीनले बनायो ह्याक गर्नै नसकिने कम्युनिकेसन नेटवर्क

चीनले बनायो ह्याक गर्नै नसकिने कम्युनिकेसन नेटवर्क

चीनले यस्तो कम्युनिकेसन नेटवर्कको आविष्कार गरेको छ जसलाई कसैले पनि ह्याक गर्न सक्नेछैन ।
चीनले विकाश गरेको क्वान्टम कम्युनिकेसन नेटवर्क सिस्टम विश्वमा संचार प्रणालीको नयाँ कोशेढुंगा मानिएको छ ।
सूचनाप्रविधिको तिव्रतर विकाससँगै बढेको साइबर असुरक्षाको जगजगीका बीच चीनले बनाएको ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क पहिलोपटक जिनान सहरका सरकारी निकाय, वित्तिय संस्था तथा सैनिक गरी २ सय जनाले प्रयोग गर्नेछन् ।
गत महिना परीक्षण गरिसकिएको यो कम्युनिकेसन सिस्टम अगष्ट महिनादेखि व्यवसायिक प्रयोगमा आउने जिनान इन्स्टिच्यूट अफ क्वान्टम टेक्नोलोजीले जनाएको छ ।
यो नेटवर्कले मेसेज आदानप्रदानका लागि क्वान्टम की डिस्ट्रिब्यूसन प्रविधिको उपयोग गर्दछ । विद्यमान इन्टरनेट प्रविधि तथा टेलिफोनबाट हुने संचार ह्याक हुने, ट्याप गर्न तथा निगरानी गर्न सकिने भएपनि क्वान्टम संचार प्रणाली यस्तो जोखिमबाट पूर्णरुपमा सुरक्षित रहने बताइएको छ ।
विद्यमान संचार प्रणालीमा भन्दा फरक क्वान्टम नेटवर्कमा सन्देशहरु प्रकाश (पार्टिकल्स अफ लाइट) मा जोडिएर मार्फत प्रसार हुन्छन् ।
यदि कुनै तेश्रो पक्षले नेटवर्क ह्याक गर्ने प्रयास गर्यो भने पार्टिकल्स अफ लाइटको क्वान्टम चरित्रले संचारलाई बदलिदिन्छ र त्यसलाई रोकिदिन्छ । जसका कारण ह्याकरले मेसेज पढ्न वा त्यसमा हस्तक्षेप गर्न असम्भव हुन्छ ।
जिनान इन्स्टिच्यूट अफ क्वान्टम टेक्नोलोजीका सह निर्देशक झोउ फेइले भनेका छन् स् हामीले राष्ट्रिय प्रतिरक्षा, वित्त तथा अन्य क्षेत्रमा यो नेटवर्कको प्रयोग गर्ने योजना बनाएका छौँ । हामीलाई आशा छ यदि यो सफल भएमा यसलाई पाइलट प्रोग्रामको रुपमा प्रसार गर्दै चीनभरी तथा विश्वभर नै प्रयोग गर्न सकिनेछ ।

Share This: