कांग्रेससहितका ६ दल गठबन्धन बनाउन सहमत

कांग्रेससहितका ६ दल गठबन्धन बनाउन सहमत

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेको भोलिपल्ट नेपाली कांग्रेससहितका ६ दल आगामी चुनावमा बृहत लोकतान्त्रिक गठबन्धन बनाउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । सिटको बाँडफाँड कसरी गर्ने भनेर गृहकार्य गर्न कार्यदल बनेको छ ।  कार्यदलमा कांग्रेसबाट दुई सदस्य रहनेछन् भने पाँच दलबाट एकएक सदस्य रहनेछन् ।  कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, राप्रपा, संघीय फोरम, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिक रहनेछ । कांग्रेस नेता विमलेन्द्र निधिले तीन वाम दलले मोर्चाबन्दी गरेकाले लोकतान्त्रिक गठबन्धन आफूहरुको बाध्यता भएको र यो गठबन्धनसँग बहुमत भएकाले सरकार बनाउन सक्ने पनि बताए ।

 

Share This: