अष्ट्रेलियाको संसद भवनमा नेपालीको दसैं

अष्ट्रेलियाको संसद भवनमा नेपालीको दसैं

पहिलोपटक अष्ट्रेलियाको संसद भवनमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले बडादसैं मनाएका छन् ।
दक्षिण अष्ट्रेलियाको संसद भवनमा दशैंको अन्तिम दिन पूर्णिमाको अवसरमा दक्षिण अष्ट्रेलियाका संवैधानिक समितिका अध्यक्ष रसल वाट्लीले बडादशैंको कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा नेपालीहरुले मात्र टिका लगाएनन् कि अष्ट्रेलियाली नेताहरुले समेत दसैंको टिका र जमरा लगाएका थिए । कार्यक्रममा स्थानीय टोरेन्स क्षेत्रकी सांसद डाना वाट्ली लगायतका अन्य अष्ट्रेलियाली नेताहरुले समेत उत्साहका साथ सहभागिता जनाएका थिए ।
सहभागी नेपालीहरुलाई अध्यक्ष वाट्ली लगायतका नेताहरुले टिकाजमरा लगाइदिएका थिए भने उनीहरुलाई नेपाली अभिभावक मञ्जु सिटौला र मुरारी खनालले टिका लगाइदिएका थिए । उनीहरुले उक्त अवसरमा बडादसैंको शुभकामना दिदै नेपाली समुदाय बढिरहेको सन्दर्भमा नेपालीहरुको ठूलो पर्व संसद भवनमा मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए । नेपाल कला र संस्कृतीमा धनी भएको सुनाउँदै उनले यसले अष्ट्रेलियालाई बहुसांस्कृतिक देशको रुपमा रंग थप्ने काम गरेको बताए । सहभागी अष्ट्रेलियाली नेताहरुले नेपाली कलासंस्कृतीलाई सम्मान गर्न पाएकोमा आफुहरुलाई खुशी लागेको सुनाएका थिए ।

Share This: