नेपाल घुम्ने आफ्ना नागरिकलाई चीनले भन्यो–झुक्किएर पनि भारत प्रवेश नगर्नू

नेपाल घुम्ने आफ्ना नागरिकलाई चीनले भन्यो–झुक्किएर पनि भारत प्रवेश नगर्नू

चीनले नेपाल घुम्न जाने आफ्ना नागरिकलाई भारतीय क्षेत्रमा प्रवेश नगर्न सचेत गराएको छ ।
दोक्लाम विवादपछि पहिलो ‘ट्राभल एड्भाजरी’ जारी गर्दै चीनले आफ्ना नागरिकलाई नेपाल र भारतको सीमा क्षेत्रको यात्रामा सचेत हुन भनेको हो । सीमा क्षेत्रमा खटिने भारतीय सुरक्षाकर्मी, सुरक्षा निकायको भौतिक पूर्वाधार र सवारीको फोटो नखिच्न पनि भनेको छ ।
निर्देशनमा भनिएको छ, ‘सीमा क्षेत्रका बजार भ्रमण नगर्नु र भुक्किएर एक देशबाट अर्को देशमा प्रवेश नगर्नू ।’
चीनले नेपाल घुम्न आउने आफ्ना नागरिकलाई रातको समयमा बाहिर नजान, प्रकृतिक विपत्ति, चोरी, यात्रामा विवाद लगायतका समस्या भएमा नेपाल प्रहरी र काठमाडौंस्थित चिनियाँ दूताबाससँग सम्पर्क गर्न पनि भनेको छ ।
चिनियाँ पर्यटकहरु नेपाल आउन थालेको १५ वर्ष मात्र भएको छ । १६ अप्रिल २००१ मा चिनियाँहरुलाई नेपाल घुम्न प्रत्सासित गर्ने समझदारी दुई देशबीच भएको थियो । त्यसको झण्डै एक वर्षपछि जुन २००२ बाट चिनियाँ पर्यटक नेपाल आउन थालेका हुन् । यसअघि चिनियाँहरु पर्यटकका रुपमा नेपाल आउन पाउँदैनथे ।

Share This: