अर्जेन्टिनालाई अर्को झड्का, पेरुले बराबरीमा रोक्यो

अर्जेन्टिनालाई अर्को झड्का, पेरुले बराबरीमा रोक्यो

रुस विश्वकपमा छनोटका लागि संघर्षरत अर्जेन्टिनालाई अर्को धक्का लागेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तरगत भएको खेलमा पेरुले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको छ ।
घरेलु मैदानमा भएको खेलमा मेस्सीले पनि अर्जेन्टिनालाई जित दिलान सकेनन् । दोस्रो हाफको सुरुमा नै उनको प्रहार पोलमा लागेर फर्किएको थियो ।
यो बराबरीसँगै पेरु १७ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने अर्जेन्टिनाको समान अंक भएपनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ ।
अर्जेन्टिनाले अब छनोट चरणको अन्तिम खेल इक्वेडरसँग खेल्नेछ । अब विश्वकपमा छनोट हुन अर्जेन्टिनाले यो खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको खेलमा पनि भर पर्नु पर्नेहुन्छ ।

Share This: