चिकित्सा विधेयकमा एमालेको विरोध

चिकित्सा विधेयकमा एमालेको विरोध

अनशनरत प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गर्न सरकार तयार भए पनि प्रतिपक्षी एमालेको विरोधका कारण बुधबारको संसद् बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस हुन सकेन।
विधेयकमा माथेमा प्रतिवेदन र डा। केसीको सुझाव समेट्न शिक्षामन्त्री तयार भएका थिए तर सम्बन्धित समितिबाट सर्वसम्मत रूपमा पास भई संसद्मा दर्ता भइसकेको विधेयक पुनः परिमार्जन गर्ने अधिकार सरकारसँग नभएको भन्दै एमालेका सांसदले विरोध जनाएपछि संसद्मा पेस हुन नसकेको हो।
शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी अधिकारी र डा. केसी पक्षबीच लामो छलफलपछि विधेयक परिमार्जन गर्ने सहमति जुटेको थियो। उक्त सहमतिअनुसार विधेयक परिमार्जन गर्ने पक्षमा आफूहरू नरहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए। सभामुख ओनसरी घर्तीले बिहीबार विधेयकका विषयमा छलफल गर्न सरोकारवाला सबैलाई डाकेको उनको भनाइ थियो।
‘दफावार छलफलपछि सम्बन्धित समितिबाट सबैको सहमतिमा पास भएर विधेयक संसद्मा आइसकेको छ । यस्तो अवस्थामा शिक्षामन्त्री वा अरू कुनै मन्त्रीले विधेयक परिमार्जन गर्छु भन्नु संसदीय प्रक्रियालाई गलहत्याउनु हो। हामी त्यस्तो हुन दिँदैनौं,ु ढकालले अन्नपूर्णसँग भने, ‘उहाँहरूले नै विधेयक बनाउने हो भने किन चाहियो संसद्रु ु मंगलबार सहमतिका लागि आह्वान गरिएको बैठकमा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, कानुन मन्त्रालयका पदाधिकारी र डा। केसी पक्ष सहभागी थिए। केसी पक्षका डा। वाइपी सिंहले सरकार र आफूहरू सहमतिनजिक पुगेको बताए।

Share This: