विवादमा रुद्रप्रिया

विवादमा रुद्रप्रिया

प्रदर्शनको सँघारमा रहेको चलचित्र ‘रुद्रप्रियाु विवादमा परेको छ । निर्माण पक्ष पहिलोपटक हल र डिस होमबाट एकै दिन कात्तिक २ देखि प्रदर्शन प्रारम्भ गर्ने तयारीमा छ। डिस होम पनि नयाँ चलचित्र हलमा लागेसँगै निश्चित शुल्क लिएर रुद्रप्रियाबाटै प्रसारण प्रारम्भ गर्ने योजनामा छ। तर, चलचित्र हलको छाता संगठन नेपाल चलचित्र संघले हलमा लागेकै दिनदेखि टेलिभिजनमा प्रसारण गर्ने भए चलचित्र ‘रुद्रप्रियाु हलमा नलगाउने निर्णय गरेपछि विवाद सुरु भएको हो।
नेपाल चलचित्र संघको निर्णयप्रति डिस होमले आपत्ति जनाएको छ। नेपाली चलचित्र हेर्न अब हलमै जानुपर्छ भन्ने बाध्यता नभएको तर्क गर्दै दर्शकको चाहना र सहजताअनुसार जुनसुकै माध्यमबाट चलचित्र हेर्न पाउने अधिकार सुरक्षित रहेको बताएको छ।

Share This: