देवनारायण यादव एमालेमा प्रवेश

देवनारायण यादव एमालेमा प्रवेश

सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनी एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।
सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल(भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए । त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरेका थिए ।

Share This: