Search Nepalibiz :

Home

User Guide

About Us

Contact Us

Feedback
About Us
Introduction
सुचना तथा संचारको विश्वमै आश्चर्यचकित ढंगबाट विकाश भएको छ । सुचना तथा संचारबाट आज कोहि पनि अछुतो रहन सकेको छैन । विश्वको अति कम विकशित मुलुकहरुमा पनि सुचना र संचारको विकाश तिब्र गतिमा भैरहेकोछ । नेपाल भन्दा सानो तर सम्पन्न मुलुक स्वीट्जरल्याण्ड देखि अहिलेका ठूला शक्ति सम्पन्न राष्ट्रहरु चिन, अमेरीका, फ्रान्स, बेलायत जस्ता देशहरुमा पनि सबै भन्दा पहिला सुचना तथा संचारकै विकाश भएको पाईन्छ । एफ. एम., रेडियो, पत्रपत्रिका, टेलिभिजन जस्तै इन्टरनेट पनि संचारको एक माध्यम हो । सुचना तथा संचारको विकाश क्रमको केही तथ्यलाई हेर्दाः
रेडियो लाइ ५ करोड श्रोता सामू पूग्न ३९ वर्ष लाग्यो , टेलिभिजनलाइ ५ करोड दर्शक सामु पुग्न १३ वर्ष लाग्यो भने इन्टरनेटलाइ ५ करोड प्रयोगकर्ता सामु पुग्न मात्र ४ वर्ष लाग्यो । आज विश्वमा रेडियो, टेलीभिजनले भन्दा इन्टरनेटले सयौ गुणा छिटो जनताको मन जित्न सफल भएको रेकर्ड छ । हालैको अनुसन्धान अनुसार सबैभन्दा बढि इन्टरनेट प्रयोगकर्ताको देश अमेरिकालाई छिमेकी राष्ट्र चीनले उछिनेको छ भने अर्को छिमेकी राष्ट्र भारत, चीन र अमेरिका पछि सन् २०१३ सम्ममा विश्वको तेश्रो धेरै इन्टरनेट प्रयोगकर्ताको देश हुदैछ । नेपालमा पनि NTC, NCell, UTL आदि कम्पनीहरुले इन्टरनेट सेवालाई ल्याण्डलाइनमा मात्र सिमित नगरी मोबाइलमा पनि सेवा दिन थालिसकेको अवस्था छ । यहि तथ्यलाई आत्मसाथ गर्दै हामीले पूर्वाञ्चलमै पहिलो पटक धरानबाट नेपालीबिज डट कम (nepalibiz.com.np) संचालन गर्ने जमर्को गरेकाछौ । यो एउटा Directory of Websites/Profiles हो । हरेक वर्ग तथा क्षेत्रका मानिसहरुका साथै सर्वसाधारणलाई आवश्यक पर्ने सबै किसिमका जानकारीहरु यहा अटाउने प्रयास गरीएकोछ ।
Nepalibiz.com.np Opening Program

Nepalibiz Opening Program Stage.

DIG and other Guest on Attention mode at the time of nepalibiz opening time.

Nepali Top singer Reshma Sunuwar singing on the stage.

DIG and Other Chief guest on the stage
Some documents of nepalibiz.com

Nepalibiz & Information Company Registration Paper with government of Nepal

Letter of appreciation.

nepalibiz.com has contributed valuable assistance as official website

Invitation letter for the participatory

Mission and Vision
प्रत्येक नेपाली र विदेशी नागरीक तथा संघ संस्थाहरुले यो वेबसाइट सजिलै सग प्रयोग गर्न सकुन भन्ने हाम्रो चाहना हो । यो वेबसाइट ले हरेक नेपालीलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा फाइदा पुर्याउनेछ । जस्तै शैक्षिक, सामाजिक, सरकारी, गैर सरकारी तथा प्राईभेट संघ संस्थाको विस्तृत परिचय, व्यक्ति, समाज, राष्ट्र, धर्म, परम्परा अथवा धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान, व्यक्तित्व विकाश, स्वास्थ्य तथा खेलकुद, संगीत तथा मनोरञ्जन क्षेत्रको अवस्था, विज्ञान तथा नया“ नया“ प्रविधि साथै अवसरहरुको जानकारी जस्ता विषयलाई प्रस्तुत गर्न नेपालीबिज डट कम हरदम तयार रहेकोछ । प्रविधिको क्षेत्रमा विश्वले वृहत फड्को मारिसकेको अवस्थामा नेपालीबिजको यो प्रयासलाई सबैबाट पूर्ण सहयोग र साथ मिल्नेछ भन्ने विश्वास लिएकाछौ ।
नेपालमा, नेपालीद्धारा, नेपालीकै लागि ”Single click More Information” भन्ने नारा लिएर हामी नेपाली युवाहरुले यो वेबसाइट संचालन गर्दै आएका छौ । बिगत ५ वर्षको गहन अनुसन्धान र आन्तरिक गृहकार्य पुरा गरि नेपालीबिज डट कम को उद्घाटन गत भाद्र २६ गते शुक्रबारका दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारहरुको उपस्थिति सहितको दशौ हजार जनमानस सम्मिलित वृहत कार्यक्रममा विधिवत रुपमा समूद्घाटन गरिएको हो ।
Our Team

Nepalibiz.com Team Photo

Jeevan Bhujel

Praksah Limbu

Rohit Rai

Prakash Ghimire

Ranjit Rai

Matrika Bhujel

Roshni Shrestha

Kabita Limbu

Manju Moktan

Sushma Rai

Sabina Magar

Laxmi Das

Sudip Chaudhary

Shyam Rai

Manisha Limbu

Kamala Limbu

Sangita Yakkha

Pratikshya Nepal

Dipsikha Pakhrin

Bhumika Magar

Kiran Khadka

Milan Bishwokarma

Kumar Bishwokarma

Shiva Chaudhary

Puspa Bhujel

Vijay Dutraj
Bank & Finance | Business | Education | Health & sport | Industry & Agriculture | Music & Entertainment | Opportunity | Profession | Public & Government | Science & Technology | Tourism |
Home | Aobut Us | contact Us | User Guide | Feedback |
All Right Copyrightę2009-2011 nepalibiz & info company Pvt. Ltd, Dharan, Nepal
All Rights Reserved. Developed by Nepalibiz.com.np